39.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

महिला घर भित्रै मृत भेटिइन, हत्याको आशंकामा श्रीमान प्रहरी नियन्त्रणमा

अछाम माघ २९ गते ।

अछामको कमलबजार नगरपालिका वडा नम्बर २ मा एक महिला आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन् । प्रहरीले दिएको जानकारी अनुसार ३३ बर्षीया पवित्रा खडका आईतवार राती आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् ।

मृतक पवित्राको टाउको लगायत शरिरका बिभिन्न भागमा गहिरो चोट देखिएकोले उनको मृत्यु नभई हत्या हुन सक्ने आशंका प्रहरीले गरेको छ । स्थानीयले खबर गरेपछि सोमवार विहान घट्नास्थल पुगेको प्रहरीले हत्याको आशंकामा मृतकका श्रीमान ३५ बर्षीय केशव खड्कालाई नियन्त्रणमा लिएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ददिराम न्यौपानेले जानकारी दिनुभयो ।

शव नजिकै चिर्पट पनि भेटिएकाले चिर्पट प्रहार गरेर उनको हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको न्यौपानेले बताउनुभयो । मृतकका दुई छोरा र दुई छोरी रहेको बुझिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles