25.7 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

डडेल्धुरामा प्रधानमन्त्रीले भने, ‘यहाँको विकासको जिम्मा म लिन्छु’

असार ११, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गृह जिल्ला डडेल्धुरामा पार्टी भित्रका साथीहरु मिलाउने र जिल्लाको समग्र विकासको जिम्मेवारी आफूले लिने बताएका छन् ।

SherBahadurDeubaInDadeldhura
SherBahadurDeubaInDadeldhura

जिल्ला सदरमुकामस्थित बगबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘कांग्रेसलाई सक्रिय भएर जिताउनुहोस् जिल्लाको समग्र विकास र पार्टी भित्रका सबै साथीको मुल्यांकन गरी उचित स्थान दिने जिम्मेवारी मेरो हो ।’ आफ्नो दश मिनटको भाषणमा  पाँच मिनट देउवाले जिल्ला भित्र असन्तुष्ट कार्यकर्ताको मन शान्त पार्ने  प्रयास गरेका थिए ।

‘टिकट नपाएकोमा कुनै साथी रिसाउनु पर्दैन । सबै साथीहरु योग्य थिए । पाउने एउटाले हो । नपाएकाहरुले अरु अवसरहरु प्राप्त गर्ने छन् । जिल्ला समन्वय समिति, प्रदेश सांसद र सरकार, केन्द्र धेरै ठाउँमा व्यवस्थापन गरिने छ । कोही योग्य साथी छुट्ने छैन,’ उनले भने ‘तर पार्टीलाई जिताउन सबैले सक्रिय भएर चुनावमा खटिनु आवश्यक छ । कांग्रेसले जित्नुपर्छ ।’

उनले आफ्नो मनतव्यको बाँकी पाँच मिनट स्थानीय विकास निर्माणमा खर्चे । उनले आममतदातालाई भने, ‘आफु र आफ्नो पार्टीलाई हेरेर भोट खसाल्न हात जोडेर बिन्ती गर्छु । जिल्लाको विकासको लागि पैसा ल्याउने काम मेरो छ । तपार्इंहरु  रुखमा भोट दिएर यस जिल्लाबाट कांग्रेस मात्रै जिताउने काम गर्नुहोस् ।’

उनले विकासमा डडेल्धुराले बढी नै भाग पाउने दाबी गरे । ‘जिल्लाको विकासका लागि अरु जिल्लाको तुलनामा बढी नै पाउने छ । कम पाउने छैन,’ उनले भने ‘आफुलाई चार–चार पटक प्रधानमन्त्री बन्ने अवसर दिने मेरो जिल्लाको विकासका लागि के म कम गरौंला  ?’ तर उनले  यो जिल्लाको समृद्धि र विकासका लागि कांग्रेसले सबै स्थानीय तहमा जित्न आवश्यक भएको उनले बताए । उनले जिल्लाबाट आफ्नो प्रतिनिधित्व भएका दिनदेखी विकासले गति पाएको बताए ।

प्रधानमन्त्री देउवा शनिबार आफ्नो गृह जिल्ला चार दिने बसाईका लागि आइपुगेका हुन् । शनिबार उनले भित्रि मधेसको परशुराम नगरपालिका र आलिताल गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गरेका थिए ।  आइतबार डडेल्धुराको नवदुर्गा र गन्यापधुरा गाउँपालिकाको संयुक्त चुनावी सभामा सम्बोधन गरेका थिए ।

दिउँसो  डडेल्धुराको बागबजारमा र बेलुका बगरकोठमा भागेश्वर र अजयमेरु गाउँपालिकाको संयुक्त चुनावी सभालाई सम्बोधन गरेका थिए ।

उनी असार १४ गते मतदान गरेर मात्र फर्किने छन् । उनले गन्यापधुरा गाउँपालिकाको वडा नम्बर १ असिग्राम मावी रुवाखोलाको मतदान केन्द्रमा मतदान गर्ने छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles