29 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

छाडा चौपाया व्यवस्थापनका लागि बृहत महायज्ञ

धनगढी माघ २९ गते ।

धनगढी उपमहानगरपालिकामा रहेका छाडा चौपाया व्यवस्थापनका लागि महायज्ञ लगाईने भएको छ । आगामी बैशाखमा हुने महायज्ञको तयारीका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ । महायज्ञका माध्यमबाट गाईलाई छाडा नछोड्न सचेतना फेलाउनुका साथै व्यवस्थापनका लागि अर्थ संकलन गरिने धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

छाडा चौपाया नियन्त्रणका लागि आगामी बैशाखमा महायज्ञ लगाउने तयारी सुरु भएको र त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्मा तदर्थ समिति गठन गरिएको धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडले बताउनुभयो । अहिले धनगढी उपमहानगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि लाखौ रकम खर्च गरेर देवहरियामा गौशाला बनाएको छ ।

तर गौशालामा रहेका चौपायाका लागि आहाराको गतिलो व्यवस्थापन भएको छैन भने बजार क्षेत्रमा छाडा चौपाया कम भएका छैनन । गाईको महत्व दर्शाएर छाडा नछोड्न भन्दै सर्बसाधारणमा सचेतना फैलाईने र व्यवस्थापनका लागि अर्थ पनि संकलन गर्ने उद्देश्यले महायज्ञ लगाउने तयारी सुरु गरेको मेयर ओडले बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles