शिक्षा मन्त्रालय द्धारा कैलाली बहुमुखी क्याम्पस पुरस्कृत

द्वारा : सुदुर न्युज

धनगढी माघ २८ गते ।

नेपाल सरकारले धनगढीको कैलाली बहुमुखी क्याम्पसलाई देशभरीकै उत्कृष्ट क्याम्पसका रुपमा नगद पुरस्कार सहित प्रसंसा पत्र प्रदान गरेको छ।

नेपाल सरकार, शिक्षा मन्त्रालयद्वारा देशभरिका सामुदायिक क्याम्पसहरु मध्ये कैलाली बहुमुखी क्याम्पसलाई उत्कृष्ट क्याम्पसको रुपमा नगद २ लाख ५० हजार रुपैया सहित प्रसंसापत्र दिएर पुरस्कीत गरेको हो ।

आईतवार काठमाडौमा आयोजित एक समारोहका बिच शिक्षामन्त्री गोपालमान श्रेष्ठले नगद २ लाख ५० हजार र प्रसंसापत्र कैलाली बहुमखी क्याम्पसका प्रमुख डा. पदम राज जोशीलाई प्रदान गर्नुभयो । शिक्षा मन्त्रालयले देशभरीका सरकारी, सामुदायीक र निजि क्याम्मपसहरु मध्ये एक÷एक क्याम्पसलाई पुरस्कृत गरेको हो।

गत भदौमा शिक्षा दिवसकै दिन उक्त पुरस्कार दिने निर्णय भएपनि केहि क्याम्पसमा विवाद आएका कारण आज मात्रै पुरस्कार बितरण भएको क्याम्पस प्रमुख जोशीले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com