32.3 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

शनिवार उदघाटन हुने चमेलिया यसरी सिंगारिदै छ

दार्चुला ।

लामो समयदेखि प्रतिक्षा गरिएको चमेलिया जलविद्युत आयोजनाको शनिवार औपचारिक रुपमा उदघाटन हुदैछ । ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको सम्पूर्ण काम सम्पन्न भएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले चमेलिया जलविद्युत आयोजनाको शनिवार उद्घाटन गर्नुहुने छ । प्रधानमन्त्री देउवाले ११ बजे पछि चमेलिया जलविद्युत आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख अजय कुमार दहालले जानकारी दिनुभयो ।

चमेलिया जलविद्युत आयोजनाको शनिवार हुने उदघाटनका लागी चमेलिया क्षेत्र सिंगारिदैछ । लामो समयको प्रतिक्षापछि निर्माण सम्पन्न भएको चमेलियाको पावर हाउँस क्षेत्रमा सिंगार्न थालिएको हो । हाउँस क्षेत्रमा फुलहरु रोप्ने कार्य भईरहेको छ ।

बैतडी र दार्चुलाको सिमानदी चमेलियामा २०६३ पुष देखि निर्माण सुरु भएको चमेलिया जलविद्युत आयोजनाले गत पुष देखि परिक्षण प्रशारण सुरु गरेको थियो । परिक्षणका क्रममा सफल देखिएपछि निर्माण सुरु भएको ठिक ११ बर्षपछि चमेलियाबाट विद्युत उत्पादन भएको हो ।

चमेलियाको सुरुको लागत साढे ८ अर्ब बाट बढेर १५ अर्ब पुगेको छ भने २०६८ मा सम्पन्न हुनुपर्ने आयोजना बिभिन्न पटक म्याद थप गर्दै ६ वर्ष ढिलो सकिएको हो । यता सुरुङ निर्माण गर्दा भएको क्षति, निर्माण सकिएपछि बनाइदिने आश्वासन दिएपनि हाल आएर निर्माण कार्य नगरिदिदा धेरै नागरीकामा निरासा छाएको छ ।

जसको कारण स्थानीयले अहिले खानेपानीको चरम समस्या भोग्नु परेको छ । खानेपानीको कारण झण्डै २ सय बढि घरधुरी समस्यामा परेको स्थानीय गणेशसिह खडायतले बताउनुभयो ।

श्रोत-दिनेश FM

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles