26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

सन् २०१८ भित्रै धनगढी विमानस्थलमा भीओआर–डिएमई उपकरण जडान गरिने

धनगढी ।
धनगढी विमानस्थलमा भीओआर÷डिएमई उपकरण जडानका लागि आएको नेपाल नागरिक उड्डयन प्राधिकरण र जापान सहयोग नियोग (जाईका) को टोलीले स्थलगत अध्ययन गरेको छ । उपमकरण जडानका लागि अध्ययन गरेर जाईकाको टोली बिहीवार फर्किएको छ भने प्राधिकरणका उप निर्देशक संजीव सिह कडायत प्राधिकरणले गर्नुपर्ने पुर्वाधारको अध्यायन गरेर मात्रै फर्किनु हुनेछ ।

कम भिजिविलिटीमा पनि उडान गर्न सहयोग गर्ने यन्त्र भीओआर÷डिएमई जडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–निर्देशक संजीव सिह कडायतको नेतृत्वमा जाईकाबाट उपकरण जडानको अनुमति पाएका एन ई सी कार्पोरेशनका तीन जना ईन्जिनियरको टोलीले धनगढी विमानस्थलको स्थलगत अध्ययन गरेको हो । टोलीले बुधबार र विहीबार विमानस्थलको जग्गा अधिग्रहण भईरहेको स्थानको अध्यायन गरेको हो ।

जाईकाबाट उपकरण जडानको लागि टेण्डर पाएको जापानको एन ई सी कार्पोरेशनको टोलीले उपकरण जडानका लागि जग्गा उपयुक्त भएको ठहर गर्दै स्थानको पनि टुंगो लगाएर फर्किएको छ । अव सन् २०१८ भित्रै नयाँ उपकरण जडान गरिने टोलीले जनाएको छ । सन् २०१८ भित्रै उपकरण जडानको काम सम्पन्न गर्ने नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । अहिलेसम्म पनि भीओआर– डिएमई जडानका लागि जग्गाको टुंगो लागेपनि दुई जनाले मुद्धा हालेका कारण जग्गा अधिग्रहणमा पनि ढिलाई भईरहेका वेला उपकरण जडानका लागि टोली आएपछि जग्गा अधिग्रहण छिटोभन्दा छिटो गर्नुपर्ने अवस्था आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–निर्देशक संजीव सिह कडायतले जग्गा अधिग्रहणको काम छिटोभन्दा छिटो गर्नुपर्ने बताउनुभयो । भीओआर नामक उपकरणले पाईलटलाई विमानस्थलको दिशा बताउने र डिएमई नामक उपकरणले विमानस्थलसम्मको दुरी निर्देश गर्ने भएकाले, हिउदमा लाग्ने सामान्य हुस्सुमा जहाज अवतरण र उडान गर्न सकिनेछ ।

यी दुबै उपकरण नभएका कारण हरेक हिउँदमा सामान्य तुवालोमा पनि उडानहरु अवरुद्ध हुँदा यस क्षेत्रका यात्रुहरु समस्या झेल्दै आएका छन । आफ्नो चुनावी नारा समेत वनाउनु भएका कैलाली क्षेत्र नम्वर ५ का प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले विमानस्थल स्तरोन्नतीका लागि आफुहरु पनि लागिरहेको दावी गर्नुभयो । धनगढी विमानस्थल, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलपछि देशकै अर्को लामो धावन मार्ग भएकाले त्यसको स्तरोन्नतीका लागि धेरै सम्भावना रहेको ठहर नागरिक उड्डयन प्राधिकरणले गरेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles