24.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

बझाङको चैनपुरमा खानेपानीको हाहाकार

माघ २४ गते ।

बझाङ सदरमुकाम चैनपुरमै खानेपानीको हाहाकार भएको छ । वार्षिक खानेपानी मर्मत भनेर विभिन्न निकाय र जयपृथ्वी नगरपालिकाबाट करोडौँ रकम विनियोजन गरिन्छ तर उचित काम र व्यवस्थापनको कमजोरीका कारण जिल्लाको सदरमुकाम चैनपुरमा बस्दै आएका विभिन्न निकायका कर्मचारी र विद्यार्थीको पढाइमा खानेपानीको व्यवस्था नहुँदा समस्या भएको छ ।

अध्ययनका लागि चैनपुरमा डेरा लिएर बस्नुपर्ने बाध्यतासँगै पानीका लागि दुई घण्टा टाढाबाट खानेपानी बोकेर ल्याउनुपर्दा पढाइमा असर परेको छ भने दिसा धुने पानी नपाउँदा दिसामुक्त जिल्ला घोषणाको पनि कुनै औचित्य नभएको जयपृथ्वी बहुमुखी क्याम्पसका विद्यार्थी कृष्ण सिंहले बताउनुभयो।

होस्टेलमा बस्ने बालबालिकालाई स्वच्छ पानी पिउन त परै जाओस् हातमुख धुन पनि साहै्र समस्या भएको छ । दैनिक पानी दिने ठाउँमा तीन दिन र चार दिन पछि पानी आउने भएपछि बाउली खोलाको दूषित पानी उपभोग गर्न बाध्य भएको खप्तड बोर्डिङ स्कुलका शिक्षक मोहन विकले बताउनुभयो ।

नगरपालिका र स्थानीय तहको निर्वाचन भइसके पछि दैनिक आधारभूत आवश्यकता पुरा गर्न चासो नदेखाउँदा जयपृथ्वीबहादुर सिंहको नाममा नगरपालिका बनाउनु पनि लाज लाग्ने स्थानीयवासी जोग कठायतको भनाइ छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles