22.9 C
Mahendranagar
Thursday, April 18, 2024
spot_img

बैतडी रौलाकेदार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

बैतडी,२४ माघ-
बैतडीको सुर्नया गाउँपालिकामा सञ्चालन गरिएको दुईदिने रौलाकेदार निशुल्क स्वास्थ्य शिविरवाट १ हजार २ सय बढी नागरिक लाभान्वित भएका छन् ।

हाम्रो सुर्नया हाम्रो पहिचान , स्वास्थ्य र समृद्धि हाम्रो अभियान भन्ने नाराका साथ सुर्नया गाउँपालिका , रौलेश्वर पुर्व विद्यार्थी समाज र शुक्रपथ फाउन्डेसनको संयुक्त आयोजनामा सोमवारदेखि सुरु भएको निशुल्क स्वास्थ्य शिविर मंगलवार सम्पन्न भएको हो ।

स्वास्थ्य शिविर संयोजक रीजन मडैका अनुसार १ हजार २ सय ९३ जना प्रत्यक्ष लाभान्वित भएका बताउनुभयो । शिविरमा जनरल फिजीसयन, स्त्रीरोग सेवा, दन्त सेवा, ल्याब सेवा लगायतका सेवाहरु प्रदान गरिएका थिए ।

जसमा स्त्रीरोग सेवा २ सय १० जना, दन्त सेवा १ सय ४१, नाक कान घाटी ३५ जना, स्वाशप्रश्वास सम्बन्धी १ सय २२,ग्याष्ट्रीक १ सय ५५ जनाले सेवा लिएको बताइएको छ । यस्तै अल्ट्रासाउड सेवा ५४ जना,प्रयोगशाला १ सय २८ र ५ सय ४७ जनाले अन्य स्वास्थ्य सेवा तथा परामर्श लिएको मडैले बताउनुभयो ।

गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष बिष्टले जानकारी दिनुभयो ।

ग्रामिण क्षेत्रमा भएका गरिब नागरिकको स्वास्थ्यको ख्याल गर्दैै निशुल्क स्वास्थ्य शिविर आयोजना गरेका हौ उहाँले भन्नुभयो“यो पहिलो अनुभव हो यस्तै शिविरलाई अगामी दिनहरुमा पनि निरन्तरता दिनेछौं ”
सुर्नयामा निशुल्क स्वास्थ्य शिविर मार्फत सेवा लिन पाएकोमा नागरिकले खुसी व्यक्त गरेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles