36.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

प्याब्सन कैलालीले तयार पारेको प्रश्नपत्र भरी त्रुटी नै त्रुटी

प्याव्सन कैलालीले तयार पारेको कक्षा १० को नेपाली विषयको प्रश्नपत्र पुरै त्रुटीपुर्ण भएको छ । जिल्लाभरी प्याब्सनमा आवद्ध सबै बोर्डीङ स्कुलका लागि प्याब्सन कैलालीले नै प्रश्नपत्र तयार परोको हो ।

एसईईको तयारी स्वरुप गरिएको परिक्षामा आजको नेपाली विषयको प्रश्नपत्रमा सम्पुर्ण शब्दहरु गलत रहेको शिक्षक र विद्यार्थीहरुले गुनासो गरेका छन् ।

प्रश्नपत्रमा लेख्य चिह्नको गलत प्रयोग, एकोहोरो उद्धरण चिह्न प्रयोग हुने ठाउंमा दोहोरोको प्रयोग, पूर्ण विराम हुनुपर्ने ठाउँमा प्रश्नवाचक चिह्न, ह्रस्व दीर्घमा पटक्कै ध्यान नपुर्याइएको, पदयोग र पदवियोगको वास्ता नै नगरीएको भेटीएको नेपाली विषयका शिक्षक तिर्थ भट्टले बताउनुभयो ।

प्रश्नपत्रमा पाठ्क्रममै हुदै नभएका प्रश्न पनि सोधीएको उहाँले बताउनुभयो । कुनै प्रश्नमा उत्तर लेखेबाफत दिनुपर्ने अंकको जानकारी छैन भने कुनैमा पठ्यक्रम अनुसार गतल निर्देशन पनि दिईएको छ । सम्पुर्ण नेपाली विषयका शिक्षकहरुकै बेईजती हुने गरी प्याव्सन कैलालीले प्रश्नपत्र दिएको शिक्षकहरुले आरोप लगाएका छन् ।

विद्यार्थीहरुले पनि गलत प्रश्नपत्रका कारण अन्यौलता भएको बताएका छन् । कक्षा १० मा अध्यनरथ विद्यार्थी आकाश नेगीले गलत प्रश्नपत्रले विद्यार्थीको सिकाइमा सहयोग गर्नुभन्दा पनि झन अन्यौलमा पार्ने काम गरेको आरोप लगाउनुभयो । यता प्याव्सन कैलालीका अध्यक्ष डिल्लीराज रेग्मीले कम्प्युटर टाईपीङमा कमजोरी भएको स्वीकार गर्नुभयो । एसईईको तयारीका स्वरुप प्याव्सन कैलाली अन्तरगतका विद्यालयमा अहिले कक्षा १० को परिक्षा भईरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles