41.1 C
Mahendranagar
Thursday, April 18, 2024
spot_img

प्रदेश नम्वर ७ मा ३४ प्रतिशत महिला सहभागी

धनगढी माघ २१ गते ।

प्रदेश नम्वर ७ मा ३४ प्रतिशत महिला सहभागी भएपछि महिला प्रदेश सभा सदस्यहरु खुशी भएका छन । विभिन्न पार्टीवाट ५३ सदस्ययी प्रदेश सभामा १८ जना महिला सदस्यहरु रहेका छन । १८ जना महिलाले सांसद बन्ने अवसर पाएपछि महिला अधिकार स्थापित गर्न मदत्त मिल्ने आशा गरिएको छ ।

महिला सदस्यहरुले महिलाहरुका हक अधिकारका लागि विभिन्न मुद्धाहरु उठाएर नितिगत रुपमा त्यसलाई अगाडी वढाउने जनाएका छन । उमाकुमारी वादी सांसद बन्नु हुनेछ भन्नेमा कसैलार्ई पत्यार थिएन । तर राजनीतिमा आएको परिवर्तनसँगै नेपालको संविधान बमोजिम गरिएको राज्य पुनःसंरचनाले संघर्षशील महिला नेत्री उमाकुमारी वादीलाई प्रदेश सभामा जनताको प्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्ने सफलता मिलेको छ । अब वादी समुदायको हक हितका लागि प्रदेश सभामा लड्न तयार रहेको उहा बताउनुहुन्छ ।

संविधानमा भएको व्यवस्था बमोजिम पहिलो पटक ७ नम्बर प्रदेश सभामा महिलाको प्रतिनिधित्व पनि बढेको छ । प्रदेशसभाका लागि भएको निर्वाचन मार्फत् निर्वाचित भएका ७ नम्बर प्रदेशका ५३ सांसदमध्ये १८ जना महिलाले सांसद बन्ने अवसर पाएका छन् । यो कुल सदस्य संख्याको करिब ३४ प्रतिशत हो । नेकपा एमालेबाट ८ जना, नेकपा माओवादी केन्द्रबाट पाँचजना, नेपाली कांग्रेसबाट चार जना र राष्ट्रिय जनता पार्टी एकजना गरी १८ जना प्रदेश सभामा सदस्य भएका छन ।

सांसदको भूमिकामा बस्दा महिला हक अधिकारका कुरालाई सशक्त ढंगले उठाउने अछामवाट सांसद वन्नुभएकी दुर्गाकुमारी विकले बताउनुभयो । महिला सांसदहरुको पनि विभिन्न पद र मन्त्री वन्ने चर्चामा रहेका छन । नेकपा एमालेका तर्फवाट डोटी जिल्लाबाट समानुपातिक कोटामा निर्वा्चित सांसद पूर्णा जोशी प्रदेश सभाको सभामुख बन्ने चर्चामा छिन् ।

बैतडीबाट समानुपातिक कोटामा एमालेबाट निर्वाचित माया भट्ट र कैलालीबाट निर्वाचित चुनकुमारी चौधरी मन्त्री बन्ने दौडमा रहेको चर्चा छ । नेकपा माओवादी केन्द्रकी बझाङबाट प्रत्यक्ष निर्वाचित सांसद देवकी मल्ल उप सभामुख बन्ने चर्चामा रहनु भएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles