38.6 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

वेजिल्ला निकासी कर तोकिएको भन्दा वढी लिदै ठेकेदार

धनगढी माघ २१ गते ।

कैलाली जिल्लावाट निर्यात हुने सामाग्रीमा लाग्ने वेजिल्ला निकासी कर तोकिएको भन्दा वढी मनोमानी रुपमा लिने गरिएको पाईएको छ । कैलाली जिल्लादेखि अन्य जिल्ला जाँदा लाग्ने करको मुल्य निर्धारण गरिएको भएपनि ठेकेदारले त्यो भन्दा वढी रकम असुल गरिरहेका छन ।

जिल्ला समन्वय समितीले कैलाली जिल्लावाट वाहिर जिल्ला जाने सामाग्रीमा लगाएको वेजिल्ला कर ठेक्का पाएका व्यवसायीले तोकिएको भन्दा वढी लिने गरेको पाईएको छ । त्रिनगर भन्सार हुँदै कञ्चनपुर जाने सामाग्रीमा टिप्परको ५ सय ट्रकको चार सय र ट्याक्टरको दुई सय ५० रुपैया कर तोकिएको छ । तर ठेक्का पाएको गरुड कन्ट्रक्सनले तोकिएको भन्दा दुई सय वढी रकम कर वापत असुल गरिरहेको छ ।

तोकिएको भन्दा दुई तीन सय वढी शुल्क लिईदै गरेको भएपनि यसलाई रोक्न कुनै पनि निकायले चासो नदिएको कञ्चनपुर सामाग्री पठाउँदै आएको सुरज कन्ट्रसनका प्रवन्ध निर्देशक सुरज गिरीले बताउनुभयो । करको ठेक्का पाएको गरुड कन्सक्ट्रसनले भने ५ सय तोकिएकोमा ७ सय ४ सय तोकिएको ट्रकमा ५ सय र ढाई सय रुपैया तोकिएको ट्याक्टरमा ४ सय रुपैया कर असुल गरिरहेको व्यवसायीको आरोप छ ।

यस वारेमा जिल्ला समन्वय समिती जानकार भएर पनि नियन्त्रण गर्नका लागि कुनै पहल नगरेको व्यवसायीको गुनासो रहेको छ । यता जिल्ला समन्वय समिती भने तोकिएको मापदण्ड अनुसारको कर लिनका लागि ठेकेदार कम्पनीलाई भन्नुको सट्टा यसको वचाउ गरिरहेको छ । घन मिटर भने तोकिएर कर निर्धारण गरेकोमा व्यवसायीले तोकिएको घन मिटरभन्दा वढी सामाग्रीहरु निकासी गर्ने गरेका कारण वढी रकम लिने गरेको जिल्ला समन्वय समितीका आन्तरिक लेखा अधिकृत योगेन्द्र चन्दले बताउनुभयो ।

वेजिल्ला निकासी कर संकलनको ठेक्का पाएको गरुड कन्ट्रक्सनले भने लेनदेनका कारण व्यवसायीले चर्को कर लिएको भनेर प्रचार गरेको वताएको छ । आपसी सहमतिमा कम मुल्यमा निकासी कर लिदै आएकोमा अघिल्लो वर्षको कर वापतको रकम नदिएका कारण चर्को कर लिएको गरुड कन्ट्रक्सनका सञ्चालक अशोक मल्लले बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles