39.4 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

प्रदेश नम्बर ७ को प्रदेश सभाको पहिलो बैठक आज

धनगढी, माघ २१ गते ।

प्रदेश नम्बर ७ को पहिलो प्रदेश सभाको बैठक आज बस्दै छ । प्रदेश संसद सञ्चालन हुने जिल्ला समन्वय समितीको सभा हलमा दिउसो १ बजे बैठक बस्ने छ । बैठकमा सहभागी हुन कैलाली सहित कञ्चनपुर, डडेल्धुरा, बैतडी, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङ बाट प्रदेश सांसद् धनगढी पुगीसकेका छन भने बैठक हुने जिल्ला समन्वय समितीको सभाहललाई सिंगारिएको छ ।

शुक्रवार बसेको सर्वदलीय बैठकले अधिवेशनको कार्यसूची तयार पारेको थियो । कार्यसूची अनुसार बैठकको सुरुमा प्रदेश सांसदका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने छन् । जेष्ठ सदस्य भएकाले काँग्रेसबाट प्रदेश सभा सदस्य दिव्यश्वरी शाहले बैठकको अध्यक्षता गर्नुहुनेछ । यस्तै शुक्रबार बसेको सर्वदलीय तय गरेको कार्य सूची अनुसार प्रदेशसभाको पहिलो बैठकमा प्रदेश संसदमा प्रतिनिधित्व गर्ने चार दलका तर्फबाट प्रतिनिधित्व गर्ने एक–एक जना सांसद बोल्नछन भने सभामुख र उपसभामुखको चुनावको मिती ताकिने छ ।

प्रदेश नम्बर ७ मा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राजपा गरी चार पार्टीका ५३ जना प्रदेश सभा सदस्य रहेका छन । यता पहिलो पटक संघीय संरचनामा आज हुने वैठकलाई लिएर प्रदेशवासीहरुका साथै प्रदेश सभा सदस्यहरु पनि उत्साहित भएका छन । उनीहरु पहिलो पटक नौलो शैलीमा सञ्चालन हुन गईरहेको अभ्यासको व्यग्र प्रतिक्षा गरिरहेका छन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles