40.4 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

बैतडीमा निशुल्क स्वास्थ्य शिविरको तयारी अन्तिम चरणमा

बैतडी,२१ माघ –
बैतडीको सुर्नया गाउँपालिकामा यही माघ २२ र २३ गते हुने रौलाकेदार निशुल्क स्वास्थ्य शिविरको तयारी अन्तिम चरणमा पुगेको छ । सुर्नया गाउँपालिका, रौलेश्वर पूर्व विद्यार्थी समाज र शुक्रपथ फाउण्डेसन काठमाण्डौंको संयुक्त आयोजनामा हुने निशुल्क स्वास्थ्य शिविरको तयारी अन्तिम चरणमा पुगेको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिनुभयो ।

शिविरमा स्वास्थ्य सेवा दिने डाक्टरहरुको टोली आईतवार शिविर सञ्चालन हुने स्थानमा आइपुग्ने भएको छ । शिविरमा जनरल फिजीसयन, स्त्रीरोग सेवा, दन्त सेवा, ल्याब सेवा लगायतका सेवाहरु प्रदान गरिने स्वास्थ्य शिविर संयोजक रीजन मडैले जानकारी दिनुभयो । गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष बिष्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो“ शिविरमा सेवा लिनका लागि पुग्ने नागरिकलाई तत्कालै सेवा दिने व्यवस्था मिलाइएको छ” शिविरमा आइ सेवा लिनका लागि समेत गाउँपालिकाले सबैमा आग्रह गरेको छ । शिविरमा माघ २२ गते सेवा लिन चाहने महानुभावले आईतवार नै नामदर्ता गर्नुपर्ने छ । २३ गतेका लागि माघ २२ गते नाम दर्ता गरिने गाउँपालिकाले जनाएको छ ।

यसका साथै आईतवार निशुल्क परिवार नियोजन शिविरको समेत आयोजना गरिएको छ । सन्तानको रहर पुगिसकेका दम्पतीहरुलाई मध्यनजर गर्दै उक्त शिविरको आयोजना गरेका जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles