29.4 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

धनगढी उप-महानगरपालिका वडा नम्वर २ मा निर्माणाधीन सडक र शाखा सडक जोड्ने नालीमाथीको स्ल्याप मापदण्ड विपरीत निर्माण

धनगढी माघ २० गते ।

सघन सहरी विकास कार्यक्रम अन्तरगत धनगढी उप–महानगरपालीकामा निर्माणाधीन सडक र शाखा सडक जोड्ने नालीमाथीको स्ल्याप मापदण्ड विपरीत निर्माण गरीएको भेटीएको छ । धनगढी उप–महानगरपालीका वडा नम्वर २ को चन्दन टाकीजदेखि सरस्वती नगर जोड्ने सडकको नालीमाथीको स्ल्यापमा लापरवाही गरीएको भेटीएको हो । निर्माण व्यवसायीले कमसल निर्माण सामाग्रीको प्रयोग गर्दै शाखा सडक जोड्न नालीमाथी स्ल्याप निर्माण गरेकाले त्यसको पुर्ननिर्माणको स्थानीयले माग गरेका छन ।

यसअघि सोही सडकमा साविकको चौडाई समेत घटाएको भन्दै स्थानियले बिरोध गरेका थिए । कुनै एक जनाको घर जानका लागी बनाईएको स्ल्याप र दर्जनौ घर जानका लागी बनाईएको शाखा बाटोमा निर्माण गरीएको स्ल्यापमा कुनै भिन्नता नरहेको स्थानीय विष्णु शाहले बताउनुभयो । शाखा सडक जोड्नका लागी नालीमाथी स्ल्याप बनाउँदा डवल जालीको प्रयोग गर्दै गुणस्तरीय बनाउन पर्ने मापदण्ड रहेको छ ।

तर निर्माण व्यवसायीले सिङगल जालीको प्रयोग गर्दै स्ल्याप बनाएपछि ठुला सवारी चलाउने वित्तीकै भत्कीने खतरा रहेको स्थानीय टेकराज जोशीले बताउनुभयो । यसअघि सोही सडकको विषयमा सावीकको समेत चौडाई घटाएर निर्माण भईरहेको भन्दै स्थानीयले विरोध गरीसकेका छन् । अहिले उक्त सडकबाट शाखा सडक जोड्न बनाईएको स्ल्यापमा गुणस्तरहिन काम भएको उनिहरुले बताएका छन् ।

निर्माण व्यवसायीले पनि स्ल्याप निर्माणमा कमजोरी भएको स्वीकार गरेका छन । स्थानीय बासीन्दाले मापदण्ड विपरीत काम भईरहेको गुनासो गरेपछि धनगढी उप–महानगरपालीकाका प्रवक्ता सन्तोष मुडभरी, वडा नम्वर २ का अध्यक्ष नर वहादुर बमले अनुगमन पनि गरेका छन् । अझ सघन सहरी विकास कार्यक्रम कार्यान्वयन गरीरहेको सहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय धनगढीले पनि निर्माण व्यवसायीलाई कमसल स्ल्याप भत्काएर पुन निर्माण गर्न निर्देशन दिईसकेको छ ।

सहरी विकासका ईन्जीनियर उमेश चौधरीले निर्माण व्यवसायीलाई कमसल स्ल्याप भत्काएर पुन निर्माण गर्न निर्देशन दिईसकेको बताउनुभयो । पछिल्लो समय आफ्नो आसपासको निर्माणमा सर्वसाधारणहरु निगरानी राख्न थालेका छन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles