33.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

धनगढीमा डेरा खोज्दै प्रदेश सदस्यहरु

धनगढी माघ १९ गते ।

प्रदेश नम्वर ७ को अस्थायी मुकाम धनगढी भएसंगै प्रदेश सदस्यहरुले धनगढीमा डेरा खोज्न सुरु गरेका छन् । ७ पहाडी जिल्ला, कञ्चनपुर र धनगढी भन्दा बाहीर घर भएका प्रदेश सभा सदस्यहरु धनगढी राजधानी भएसंगै डेरा खोज्न थालेका हुन् । कतिपय प्रदेश सभा सदस्यहरुले नजिकका आफन्त, साथी र इस्ट मित्रहरूलाई कोठा खोजिदिन आग्रह गरेका छन् भने कतिपय आफै पनि डेरा खोज्नका लागी दौडधुपमा छन् । बिकास निर्माणका काम प्रदेश कार्यलयबाटै हुने भएपछि धनगढीमै बसोबासको प्रवन्ध प्रदेश सदस्यहरुले मिलाई रहेका छन् ।

९ जिल्लाका ५३ जना प्रदेश सभा सदस्य मध्ये अधिकांश सांसद डेराका लागि दौडधुप गरिरहेका छन । शपथ ग्रहण गरेर आ–आफ्नो क्षेत्र फर्कनु भएका प्रदेश सभा सदस्यहरुले निकटका मित्र तथा दलका सहकर्मीलाई कोठा खोजिदिन आग्रह गरेका छन् । बाजुराका प्रदेश सभा सदस्य प्रकाश वहादुर शाहले कैलालीमै घर भएकालाई धेरै पिरलो नभए पनि टाढा हुनेलाई अप्ठ्यारो हुने भएकोले समयमै डेरा प्रबन्ध मिलाउन थालेको बताउनुभयो ।

अधिकांश प्रदेश सभा सदस्यहरुले, सुविधायुक्त ‘फ्ल्याट’ को खोजी गरेपनि डेरा नै खोज्न ठुलै समस्या भने नपरेको बताएका छन् । कैलालीसंगै जोडिएको जिल्ला कञ्चनपुरका सांसद भने डेरा खोज्ने कि घरबाटै ओहोरदोहोर गर्ने भन्ने दोधारमा छन् । केही सांसद प्रदेश सरकार गठन हुँदा मन्त्री बन्न पाइने आसमा पनि छन् । त्यसैले सरकार गठन नहुन्जेल डेरा नखोज्ने र स्थायी राजधानी भएपछि मात्रै डेराको चाँजोपाजो मिलाउने मनस्थितिमा पनि छन् ।

प्रदेश सभाको पहिलो बैठक सम्मका लागी आफन्तको घरमा बस्ने र त्यसपछि डेरा लिएर बस्नुपर्ने बैतडीबाट प्रदेश सभा सदस्य लिलाधर भट्टले बताउनुभयो । प्रदेश सभा सदस्यहरुले डेरा खोज्न थालेसँगै धनगढीमा पहाडि जिल्लाबाट आउनेहरुको चहल पहल पनि बढन थालेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles