प्रदेश नं ७ को प्रदेशसभाको पहिलो बैठकको कार्यसूची

द्वारा : सुदुर न्युज

धनगढी, २० माघ-

प्रदेश नं ७ को प्रदेशसभाको पहिलो बैठकको तयारीका सम्बन्धमा शुक्रवार धनगढीमा बसेको सर्वदलीय बैठकले अन्तरिम कार्य सञ्चालन कार्यविधि,२०७४ पारित गरेको छ ।

संघीय संसद् सचिवालयका सहसचिव मुरारी महतले बैठकपछि रासससँग कुरा गर्दै प्रदेशसभा पहिलो बैठकमा प्रमुख दलका एक एक सांसदलाई बोल्न दिने, प्रदेश सभामुखको चयन नभएसम्मका लागि प्रदेशसभाको बैठक सञ्चालन गर्न तीन सांसदको मनोनयन गर्ने र प्रदेश सभामुखको निर्वाचनको मिति तोक्ने प्रस्ताव बैठकले पारित गरेको जानकारी दिनुभयो ।

प्रदेशसभाको पहिलो बैठक यही माघ २१ गते अपराह्न १ बजे बस्नेछ ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com