36.8 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

अख्तियार कार्यालयको उपलब्धि : ४ वर्षमा जम्मा ९ मुद्दा

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा स्थापनाकालदेखि ९ वटा मुद्दा विशेष अदालतमा दर्ता भएका छन् । आयोगको कार्यालय कञ्चनपुरले विस्तृत अनुसन्धान पश्चात मुद्दा दर्ता गरिएको आयोगको कार्यालयका प्रमुख विष्णुसिंह बिष्टले बताए ।

आयोगको कार्यालयको तथ्यांक अनुसार विशेष अदालतमा दर्ता भएका मुद्दामध्ये शतप्रतिशत आर्थिक अनिमियता सम्बन्धी छन् । दशरथ चन्द नगरपालिका कार्यकारी अधिकृत ईश्वरी तिवारी, बडिमालीका क्याम्पस बाजुराका क्याम्पस प्रमुख नवराज जोशी, लेखापाल लालबहादुर रावल, लेखा परीक्षक तिलकबहादुर थापा र चेतबहादुर बमलगायत विरुद्ध आर्थिक हिनामिनाका मुद्दा गरिएका विष्टले बताए ।

त्यस्तै सेक्टर वन कार्यलय बलचौर लम्कीका सहायक वन अधिकृत राजकुमार मल्ल र जगतपुर इलाका वन कार्यालय कैलालीका रेन्जर बाबुराम मिजार, भूमिराज प्राथमिक विद्यालय गोकुलेश्वर बैतडी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्यान नाथ, प्रधानध्यापक गोपाल नाथ र शिक्षिका जस्मा नाथविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

महिला विकास भवन निर्माणमा अनिमियता गरेकामा शाखा अधिकृत जितेन्द्र विक र नायब सुब्बा शुभाष सिंह रावलविरुद्ध पनि मुद्दा चलाइएको छ । राष्ट्रिय माध्यमिक विद्यालय तारानगर कैलालका शिक्षक लोकबहादुर विक र कैलाली मालाखेतीमा रहेको जनज्योती माध्यमिक विद्यालयका शिक्षक विरबहादुर भाट माथि पनि आर्थिक अनमियता गरेको भन्दै मुद्दा दर्ता भएको छ ।

कैलाश बहुमुखी क्याम्पस कालागाउँ अछामका शिक्षक पृथ्वीबहादुर भण्डारीले भवन निर्माण तथा शैक्षिक सामाग्री खरिदमा आर्थिक अनिमियता गरेको भन्दै मुद्दा दयार भएको प्रमुख विष्टले बताए । अक्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर २०७० असोज १ गते सम्पर्क कार्यालय र कार्तिक २७ गते आयोगको कार्यालयको रुपमा स्थापना भएको हो ।

स्थापना कालदेखि र आयोगको कार्यालयमा ३ हजार ६ सय ६३ तीन मुद्दा उजुरी परे पनि जम्मा ९ विरुद्ध विशेष अदालतमा मुद्दा चलाइएको हो । आयोगले परेका उजुरीमध्ये गत मंसिरसम्ममा ३ हजार २ सय ३६ फछ्र्यौट गरिसकेको छ भने ४ सय २७ उजुरीमा अनुसन्धान भइरहेको विष्टले बताए ।

फछ्र्यौट हुन बाँकी रहेका उजुरीमध्ये १ सय १४ विस्तृत अनुसन्धानका क्रममा रहेको बताइएको छ । विस्तृत अनुसन्धानमा रहेका उजुरीको अनुुन्धान अधिकृत तोकेर अनुसन्धानका लागि ३ महिनाको समयावधि दिइन्छ । सुदूरपश्चिम कार्यक्षेत्र रहेका महेन्द्रनगरस्थित कार्यालयमा सबैभन्दा बढी कैलालीका १ हजार ४० र कञ्चनपुरका ८ सय ९५ उजुरी दर्ता भएका छन ।

त्यस्तै दार्चुलाका २ सय २३, बैतडीका ४ सय ३१ र डडेल्धुराका २ सय ३९ उजुरी दर्ता भएका छन । सबैभन्दा कम उजुरी बाजुराका १ सय ३ रहेका छन् भने अछामका १ सय ६० उजुरी दर्ता भएका छन् । डोटीका २ सय ९३ र बझाङका २ सय ७ उजुरी दर्ता छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles