अजयमेरु गाउँपालिकाका सबै कार्यालयमा इ–हाजिरी

द्वारा : सुदुर न्युज

माघ १९

डडेल्धुरामा पहिलो पटक अजयमेरु गाउँपालिकाले सबै कार्यालयमा विद्युतीय इ–हाजिरी शुरु गर्ने भएको छ । कर्मचारीलाई समयको पालना गराउनका लागि र सेवालाई प्रभावकारी बनाउन कर्मचारीको उपस्थिति परदर्शी हुनुपर्ने भन्दै इलेक्ट्रोनिक हाजिरी गाउँपालिकाका सबै कार्यालयमा शुरु गरिन लागेको अजयमेरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी दिनुभयो ।

अनुशासन र समयको पालना गराउनुका साथै मर्या्दित बनाई सेवालाई दु्रतगतिमा अगाडि बढाउनका लागि सबै कार्यालयमा इ–हाजिरीको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाई छ । छ वटा वडा रहेको अजयमेरु गाउँपालिकाका सबै वडा कार्यालय, अधारभूत र माध्यमिक गरी १७ वटा विद्यालय, पाँचवटा स्वास्थ्य कार्यालय र एक गाउँपालिकाको कार्यालयमा इ हाजिर लगाउने शुरु गरिने उहाले बताउनुभयो।

विशेष गरी विद्यालयमा सो हाजिरको व्यवस्था गरिँदा हाजिर हुने शिक्षकले १० देखि ४ बजेसम्म बसे नबसेको थाहा हुने र शिक्षकले विद्यालयमा समय दिँदा पढाइ पनि प्रभावकारी हुने भएकाले इ हाजिरको व्यवस्था गरिन लागेको गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्टले बताउनुभयो । अजयमेरु गाउँपालिकामा जनप्रतिनिधि आएसँगै अन्य गाउँपालिकाको तुलनामा आधुनिक प्रविधिमा बढी जोड दिइएको छ ।

गाउँपालिकाको लेखा प्रणाली पनि कम्प्युटरकृत भइरहेको र सबै काम तथा लेखा प्रणाली पनि आधुनिक प्रविधिको माध्यमबाट गर्न शुरुवात गरिएको अजयमेरु गाउँपालिकाले जनाएको छ । इ हाजिरसँगै अजयमेरु गाउँपालिका र वडा कार्यालयमा रहेका विषयगत कार्यालयमा सिसी क्यामरा पनि राख्ने जनाइएको छ । सबै कार्यलाई पारदर्शी ढंगले अगाडि बढाउनका लागि आधुनिक प्रविधिको प्रयोगमा अजयमेरु गाउँपालिकाले जोड दिएको छ ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com