29 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

अनलाईनबाट बिद्युत महसुल तिर्ने प्रबिधि जडानमा ढिलाई

धनगढी माघ १९ गते ।

मुलुकका बिभिन्न जिल्लामा अनलाईन प्रबिधि मार्फत बिद्युत महसुल बुझाउने प्रणाली सुरु भईसक्दा कैलाली सहित प्रदेश नम्बर ७ का जिल्लाहरुमा भने त्यसको तयारी नै सुरु भएको छैन् ।

छिटो छरीतो रुपमा घरमै बसेर अनलाईनबाट महसुल बुझाउन सकिने प्रबिधि जडानमा ढिलाई हुदा सेवाग्राहीहरु महसुल बुझाउनका लागि घण्टौ लाईन बस्न बाध्य भएका छन् । ‘बिद्युतको महसुल तिर्न दिनभरी लाईन लाग्नुपर्छ, कहिलेकाँही त दिनभरी लाईन लागेपनि साँझ समय सकियो भन्दै फर्काईने बिद्युत महसुल बुझाउन आउनुभएकी तारानगरकी यशोदा भण्डारीले बताउनुभयो ।

उहाले बिभिन्न जिल्लामा सुरु भईसकेको अनलाईन प्रबिधि धनगढीमा पनि लागु गर्नुपर्ने बताउनुभयो । बिद्युत महसुल बुझाउन हाल धनगढी बितरण केन्द्रले टोकन प्रणाली लागु गरेको छ । जसले पहिलेका भन्दा केहि सहज त भएको छ तर यो भन्दा पनि घरमै बसेर महसुल बुझाउन सकिने प्रबिधि आईसकेकोले यहाँ पनि उक्त प्रणालीको सुरुवात गर्न बिद्युतका ग्राहकहरुले माग गरेका हुन् ।

हसनपुरकी तारा शर्माले अनलाईन प्रबिधि मार्फत बैंकमा गएर वा बैंकको अनलाईन प्रविधि मार्फत घरमै बसेर बिधुत महशुल बुझाउन सकिने प्रबिधि आफुहरुले पनि प्रयोग गर्न पाउनुपर्ने माग गर्नुभयो । अनलाईन प्रबिधि जडानका लागि केन्द्रमा बिद्युत प्राधिकरणसंग कुरा भईरहेको धनगढी बितरण केन्द्रका लेखा अधिकृत गोबिन्द प्रसाद ढकालले जानकारी दिनुभयो । उहाले केन्द्रमा पटक पटक कुरा राखेको बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles