31.5 C
Mahendranagar
Thursday, April 18, 2024
spot_img

धनगढीका दैनिक जसो उडान रद्ध हुन थालेपछि हवाई यात्रु दोहोरो मारमा

धनगढी माघ १६
आईतवार नेपाल बायुसेवा निगमको विमानबाट धनगढी आउदै गर्दा बाटोमै मौसम विग्रीएपछि नेपालगञ्ज अवतरण गराईनुभएका महेन्द्रनगरका श्याम चन्दले दोहोरो रकम खर्च गर्नुपर्‍यो । धनगढी विमानस्थलमा कम भिलिविलीटीमा समेत जहाज अवतरण गर्न सकिने भीओर/डिएमई उपकरण जडान नभएपछि धनगढी विमानस्थलमा अवतरणका लागी ५ मिनेट मात्रै बाँकी रहेका बेला मौसम विग्रीयो भन्दै टिकापुरको आकासबाट विमान फर्काएर नेपालगञ्ज अवतरण गराईएको हो ।

यो हिउदमा धेरै उडान रद्ध भएपछि यात्रुहरुले समस्या झेल्नु परेको छ । आईतवार दिउसो मौसम सफा भएको भन्दै बुद्ध एयरको विमान काठमाडौबाट धनगढीका लागी उड्यो र धनगढी विमानस्थलमा अवतरण पनि भयो । तर केहि समयपछि काठमाडौबाट उडेको नेपाल एयरलाईन्सको विमान भने अवतरण हुन ५ मिनेट बाँकै रहँदै मौसम विग्रीएपछि नेपालगञ्ज अवतरण गराईएको हो । हिउदमा मौसम विग्रीरहने भएकाले धेरै दिन उडान रद्ध गर्नुपरेको नेपाल वायु सेवा निगम धनगढीका प्रमुख जनक विष्टले बताउनुभयो ।

विमानस्थलमा लामो समय सम्म कुरेर अन्तमा मौसम विग्रीएको भन्दै उडान रद्ध गर्ने परिपाटी नै बसीसकेको छ । जस्ले गर्दा यात्रुहरुले बेर्थैमा समय खेर फाल्नु पर्ने बाध्यता बनेको छ भने खर्चपनि बढ्ने गरेको छ । कम भिजीवीलिटीमा पनि उडान भर्न सकिने उपकरण तत्लकाल जडान गरेर समस्या समाधान गरीनुपर्ने बुद्ध एयरका उडान सञ्चालन प्रवन्धक शुवर्ण खरेलले बताउनुभयो ।

जापान अन्तराष्ट्रिय सहयोग नियोग जाइकाले उपकरण जडान गर्नका लागि पटक–पटक जग्गा मागगर्दै आएकोमा जग्गा अधिग्रहणको कार्य सम्पन्न नभएकाले अत्याधुनिक उपकरण जडानको काम धकेलिदै गएको छ । दुई जना जग्गा धनी यादव प्रशाद जोशी र जयवहादुर भण्डारीले जग्गाको मुआब्जामा चित्त नबुझेको भन्दै गृह मन्त्रालयमा मुद्धा हालेका कारण जग्गा अधिग्रहणको कार्य रोकीएको छ भने जग्गा नभएकै कारण कम भिलिविलीटीमा जहाज अवतरण गर्न सकिने भीओर/डिएमई उपकरण जडानको प्रक्रिया पनि सुरु हुन सकेकोे छैन् । जग्गा अधिग्रहणको कार्य सकिए पछि पनि उपकरण जडानका सबै प्रक्रिया पुरा गरी जडान गर्न ६ महिना जति समय लाग्ने भएकाले अर्को हिउदमा पनि यस्तै समस्या आउने आसंका गरीएको छ ।

विमानस्थलले दिएको जानकारी अनुसार अहिले धावनमार्ग खोल्नका लागि आँखाले हेरेर ५ किलोमिटरको ‘भिजिविलिटि’ चाहिन्छ भने भिओर/डिएमई जडान भएपनि त्यो समस्याको अन्त हुनेछ । ति दुई यन्त्र जोडेपछि ५ किलोमिटरको ठाउँमा १६ सय मिटर सम्म ‘भिजिविलिटि’ भए उडान अवतरणको अनुमति दिन सकिने छ । तर दुई जनाले मुद्धा हालेपछि अहिले जग्गा अधिग्रहणको कार्य नै रोकीएकाले अर्को हिउद सम्म पनि कम भिजीविलीटीमा उडान भर्न सक्ने उपकरण जडान हुनेमा आसंका व्यक्त गरीएको छ ।

मुआव्जामा चित्त नवुझेपछि २ जना जग्गाधनीहरुले मुद्धा हालेका हुन् । मुद्धाकै कारण खराव मौसममा पनि उडान भर्न सकिने उपकरण जडान नहुँदा यात्रुहरुले सास्ती बेहोर्न परेको छ । त्यसैले यो समस्याको तत्काल समाधान गरी उपकरण जडानको प्रक्रिया अगाडी बढाउन पर्ने देखीएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles