बैतडीमा जीप दुर्घटना, ३ जना घाईते

द्वारा : सुदुर न्युज

१६ माघ-
जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका ७ बाझँपानीमा आज बिहान जीप दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा जीप चालक कृष्णपुर २ कञ्चनपुरका ३० बर्षिय महेश भट्ट, गौरीगंगा नगरपालिका ३ कैलालीका ४० बर्षिय वीर वहादुर चौधरी र उहाँकी ३५ बर्षिया श्रीमती सुन कुमारी चौधरी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । घाईतै तीनै जनाको बैतडीमा उपचार हुन नसकेपछी थप उपचारका लागी सुदूरपश्चिम उप–क्षेत्रिय अस्पताल डडेल्धुरा लगिएको छ ।

धनगढीवाट बझाङ जादै गरेको बा १६ च ८८६५ नं.को जीप आज बिहान ८ बजेर ४५ मिनेटमा खोडपे–बझाङ सडकखण्डको बाझँपानीमा दुर्घटनामा परेको हो । बिहानको समयमा सडकमा तुसारो जमेकाले जीप चिप्लीएर दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । जीप सडकवाट ३० मिटर तल खसेको छ ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com