36.6 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

बैतडीमा शहीद दिवस – शहीद दशरथ चन्दको जन्मघरमा पनि शहीद दिवस

१६ माघ-
शहीद दशरथचन्दको जन्मभूमी बैतडीमा विविध कार्यक्रमको आयोजना गरि शहीद दिवस मनाइएको छ । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको केन्द्रिय कार्यालय सुन्दरखालीबाट शहीद दशरथचन्दको जन्मघर सम्म प्रभातफेरी गरिएको थियो । अमर शहीद दशरथ चन्दको जन्म घर बैतडीको दशरथचन्द नगरपालिका–५ बस्कोटमा रहेको शहीद सदनमा बिशेष श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।

शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायधिश विष्णुप्रसाद गौतम प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक सिद्धराज भट्ट, दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्द लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको २३ औं बार्षिकोत्सव समेत भएकाले प्रतिष्ठानका सचिव दुर्गादत्त जोशीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका अधिकांश वक्ताहरुले सहिदका सपना अझै पनि पूरा नभएकाले सहिदका सपना पूरा गर्ने दिशातर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । यसैबीच शहीद दशरथचन्दको जन्मघर हेर्न आउने पाहुनालाई सजिलो होस भन्नका लागि नजिकै होमस्टे सञ्चालनको तयारी समेत भएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका उपाध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।

बैतडी सदरमुकाम गढी चोकमा रहेको शहीद दशरथचन्दको शालिकमा माल्यार्पण गरिएको छ । अखिल नेपाल महिला संघका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नं. ७ का प्रदेश सांसद माया भट्टले शहीद दशरथचन्दको शालिकमा माल्यार्पण गर्नुभएको हो ।

यस्तै शहीद दिवसको अवसरमा बैतडीको पुरचौंडी नगरपालिका वडा नं ९ तल्लादेहीमा ड्यौडा कार्यक्रम सम्पन्न गरिएको छ । बालविवाह र महिला हिंसा न्यूनीकरणका बिषय समेटेर महिला उत्थान समाजले अक्सफामको सहयोग सो कार्यक्रम सम्पन्न गरेको हो । ड्यौडा कार्यक्रममा सामुदायिक छलफल केन्द्रका महिला सदस्य लगायत २०० जनाको सहभागिता रहेको महिला उत्थान समाजका कार्यक्रम संयोजक काशीसिंह बिष्टले जानकारी दिनुभयो ।

यस्तै सहीद दिवसको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । १८जना सहभागी प्रतियोगितामा कमल पहरे प्रथम,सन्तोषी खड्का द्वितीय,देवकी धामी तृतीय र सञ्जिता देवकोटाले सान्तवना स्थान प्राप्त गरेको स्ववियु सभापति राजेन्द्र बमले जानकारी दिनुभयो । शहीदको परिभाषा र पहिचान बिषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजका स्ववियु सभापती राजेन्द्र बमको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी गोपाल कार्की, विशिष्ट अतिथी कलेज प्रमुख प्रमानन्द जोशी र भगवान दास मानन्धर रहनुभएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles