25.9 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

निरन्तर शिक्षा सञ्चालन हुने

बैतडी,१३ माघ-
बैतडीमा आगामी फागुन १ गतेदेखि निरन्तर शिक्षा सञ्चालन हुने भएको छ । जिल्लामा रहेका १९ ओटा सामुदायिक सिकाई केन्द्रहरु मार्फत निरन्तर शिक्षा सञ्चालन गर्ने तयारी भएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शंकरदत्त जोसीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो“४ महिना सञ्चालन हुने निरन्तर शिक्षा कार्यक्रम अन्तर्गत १९६ कक्षा सञ्चालन गरिनेछन्” ।

यसअघि सञ्चालन भएका साक्षरता कक्षाका माध्यमबाट साक्षर भएका नागरिकलाई पुन जार्गरण गराउने र निरक्षर भएकाहरुलाई साक्षर गराउने उद्देश्य सहित निरन्तर शिक्षा सञ्चालन गरिने विद्यालय निरीक्षक जोशीले जानकारी दिनुभयो ।

सहजकर्ताहरु मार्फत निरन्तर कक्षा सञ्चालन गरिने बताईएको छ । एक कक्षामा १५ जना समावेश गर्ने गरी कक्षा सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

निरन्तर शिक्षा सञ्चालनले बैतडीलाई निकट भविष्यमै पुर्ण साक्षर जिल्ला घोषणा गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles