बैतडीको सतबाँझमा स्याउ फल्न छोड्यो

बैतडी,१३ माघ –
बैतडीको सतबाँझमा गएको १२ बर्ष यतादेखि स्याउ फल्न छोडेको छ । स्याउका लागि निकै प्रसिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण पछिल्लो समयमा स्याउ उत्पादन हुन छोडेको हो ।
वि सं २०१९ सालमा स्थापना भएको वागवानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ । सतबाँझमा पहिला देशभरीकै बढी स्याउका जात फल्ने गरेको भएपनि पछिल्लो समयमा हिउँ पर्न छोडेपछि स्याउ फल्न पनि छोडेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख वागवानी विकास अधिकृत लक्ष्मीदत्त पाण्डेयले जानकारी दिनुभयो ।
स्याउ फल्न छोडेपछि सुख्खा फलफूल विकास केन्द्रले अहिले हिउँदे फलफूलका विरुवा उत्पादन गर्न थालेको पाण्डेयले बताउनुभयो । स्याउ फल्ने समयमा साउन देखि कार्तिक सम्म सतबाँझमा स्याउ पाक्ने गरेको तर पछिल्लो समयमा बोट समेत हुर्कन नसकेको उहाँले बताउनुभयो ।
बैतडीमा स्याउ फल्न छाडेपछी हाल तराई तथा भारतवाट स्याउ आयात हुने गरेको छ । बैतडीको सतबाँझमा स्याउ फल्ने बेला सुदूरपश्चिमका साथै काठमाडौं सम्म विक्रीका लागी लगिने गरिएको थियो ।
वि.सं.२०१९ मा सतबाँझको ५७५ रोपनी क्षेत्रफलमा स्याउ उत्पादन तथा प्रबर्धनका लागि स्थापना भएको ’ सुक्खा फलफूल केन्द्र’मा पछिल्लो समय स्याउका जातहरू लोप हुँदै गएका छन् । स्थापनाकालदेखि ७३ जातका स्याउ तथा बोटबिरुवा उत्पादन सुरु गरेको सो केन्द्रमा हाल दुई दर्जन भन्दा कम जातका स्याउ मात्र बाँकी रहेका छन् ।
त्यतिबेला ’अचार्डकम नर्सरी’ का नामले स्थापना भएको सो केन्द्र स्याउका लागि उपर्युक्त मानिएकाले भारतको कास्मीरलगायत विभिन्न देशबाट ७३ जातका स्याउ रोपिएका थिए तर अहिले २० देखि २५ जातका स्याउ मात्र बाँकी रहेको एक तथ्याङ्कले देखाएको छ ।
सो केन्द्रद्वारा प्रकासित २०६७/०६८ को वाषिर्क प्रगति पुस्तिकामा उल्लेख भएअनुसार सुरुमा रोपिएका ती स्याउमध्ये हाल १७ जातका स्याउ मात्र उत्पादन हुने गरेको छ । यहाँ २०४० को दशकसम्म निकै राम्रो उत्पादन रहेको बताउँदै फलफूल केन्द्रका बागबानी विकास अधिकृत लक्ष्मीदत्त पाण्डेय भन्नुहुन्छ ’हावापानी परिवर्तन र रोग(कीराको प्रकोपले स्याउका धेरै जात हराएर गएका छन् ।’
केन्द्रको सो वाषिर्क प्रगति पुस्तिकामा रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रेड डेलिसियस, जोनाथन डेलिसियस, मेकेन्टस, रेड जुन, कक्स अरेन्ज, व्युटी अफ वाथ, किङ अफ पिपिन, काश्मीरी एब्रा, स्टाक अर्ल ब्लेज, रेड मोल्ड, बेनौनी जातका स्याउ मात्र गणनामा रहेको उल्लेख छ ।
माइनस पाँचदेखि आठ डिग्रीमा फल्ने अधिकांश स्याउका जात अहिले हराएर गएको र केही फल्न छोडेको फलफूल केन्द्रले जनाएको छ । हालको हावापानी हिउँदमा मात्रै कहिलेकाँही सुन्य डिग«्रीसम्म र्झने र आठ(दस वर्षता त्यो भन्दा चिसो हावापानी नभएको जनाएको छ ।
स्थापनाकालको तीन दसकसम्म साढे चार हजार बोटले डेढसय किलोको अनुपातमा फल दिने गरेको पुराना दिन सम्झँदै अधिकृत पाण्डेय थप्नु हुन्छ’त्यस्तो अवस्था छैन, फलेका स्याउका दाना पनि साना हुन्छन्, स्वाद पनि घट्दै गएको छ ।’
यसरी स्याउ उत्पादन घटेपछि केही वर्षे्खि यता स्याउका विरुवा सुकेको ठाउँमा नासपाती, आरुबखडा, खुर्पानी ,ओखर, चुच्चेओखर, कटुस, हलुवावेद, कागती बदामजस्ता फलफूल लगाइएका छन् । तैपनि सो फलफूल केन्द्रले वाषिर्क २० हजारजति स्याउका बोट उत्पादन गरिरहेको छ भने साविकको गुरुखोला र बासुलिङ गाविसका १८ वटा निजी नर्सरीबाट स्याउलगायत वाषिर्क एक लाख ५० हजारको अनुपातमा अन्य फलफूलका विरुवा उत्पादन गर्दै आएको पाइन्छ ।
पछिल्लो समयमा खडेरी पर्दै जानु पहिले उत्पादन हुने सबै फलफूल अहिले कम उत्पादन हुन्छन् । बागबानी विकास अधिकृत लक्ष्मीदत्त पाण्डेय भन्नुहुन्छ “सशस्त्र द्वन्दका बेला व्यवस्थापन कार्यमा कमि आयो र स्याहार सम्भारमा ध्यान दिन नपाउदा प्राकृतिक प्रकोपले अहिले समस्या आएको हो ” ।