35 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

गाउँपालिका केन्द्र सार्ने निर्णय बिरुद्ध स्थानीय आन्दोलित

अछामको रामारोशन गाउपालिकाको केन्द्र सार्ने निर्णय बिरुद्ध मुजाबगरका स्थानीय आन्दोलित भएका छन् । हाल अस्थायी रुपमा केन्द्र कायम रहेको रामारोशन गाउँपालिका–३ शान्तडास्थित मुजाबगरबाट सोही वडाको गैरीखेत भन्ने ठाउँमा केन्द्र कायम गर्ने बिषयमा गाउँ सभाले गरेको निर्णयका बिरुद्ध मुजाबगरका स्थानीय आन्दोलित भएका हुन् ।

आईतबार र सोमबार दुई दिन सम्म चलेको गाउँ सभाले गाउँपालिकाको केन्द्र मुजाबगरबाट करिव डेढ किलोमिटरको दुरीमा रहेको गैरीखेत भन्ने ठाउँमा कायम गर्ने निर्णय गरेको थियो । गाउँ सभाको उक्त निर्णयका बिरुद्ध मुजाबगरका व्यापारीले गाउँ कार्यपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेका छन् । तालबन्दीसँगै स्थानीयले आजदेखि बजार यातायात समेत बन्द गराएका छन् ।

गाउँपालिकाको केन्द्र मुजाबगर राख्ने कि गैरीखेतमा राख्ने भन्ने बिषयमा गाउँसभामा सहमति हुन नसक्दा मतदान प्रक्रियाबाट केन्द्र सार्ने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयो । सबै दलहरुले मतदान प्रक्रियाबाट जुन निर्णय हुन्छ त्यो मान्ने भने पनि मुजाबगरका स्थानीयले आफ्नो पक्षमा परिणाम नआउँदा आन्दोलन गरेको उपाध्यक्ष रावलले बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles