29.4 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

कानुन पनि मान्दैन ब्रम्हदेवको सिद्धनाथ मन्दिर समितिले – पूर्णगिरि माताको दर्शन गरेपछि जानैपर्ने तिर्थस्थल

महेन्द्रनगर । पूर्णागिरी यात्राको दोस्रो महत्वपूर्ण ब्रम्हदेवस्थित सिद्धनाथ मन्दिरमा प्रसाादी ठेक्कामा व्यापक अनियमितताको संकेत प्राप्त भएको छ । वार्षिक करिब २ करोडको आय हुने सो मन्दिरको व्यवस्थापन समितिले सार्वजनिक खरिद ऐनको वेवास्ता गर्दै मनोमानी गरिरहेको पाइएको छ ।

भीमदत्त नगरपालिका वडा नम्बर ९मा रहेको सिद्धनाथ मन्दिरको प्रसादी ठेक्का मंन्दिर संरक्षण समितिले मनपरी ठेक्का लगाउने गरेको प्रमाण समेत पाइएको छ । सार्वजनिक खरिद ऐनको व्यवस्था नाघेर समितिले बोलपत्र आव्हान गरेको छ ।
मन्दिर संरक्षण समितिले प्रसादी ठेक्काको बढाबढ प्रक्रियालाई प्रभावित गर्ने नियतले सूचना जारी गरी बुधबार बोलपत्र समेत खोलेको छ ।

हातले लेखेको सूचना मन्दिर वरपरका केही स्थानमा टाँसेर समितिले सो ठेक्का प्रक्रियामा वडा नम्बर ९ का वासिन्दा मात्रै सामेल हुन सक्ने अवस्था निर्माण गरेको छ । सार्वजनिक खरिद ऐन अनुसार २० लाख रुपैयाँभन्दा धेरैको बोलपत्रका लागि कम्तीमा २१ दिनको म्याद हुनु पर्ने र त्यसमा मूल्य अभिवृद्धि करमा दर्ता फर्मले मात्रै सामेल हुन पाउने भए पनि समितिले त्यसको ठीक उल्टो गरेको छ ।

कुनै पनि पत्रपत्रिकामा प्रकाशित नगरिएको सूचनामा जम्मा ७ दिनको म्याद जारी गरिएको छ । बोलपत्र वडा नं. ९ निवासीले मात्रै दाखिल गर्न सक्ने गैरकानुनी शर्त पनि सूचनामा उल्लेख छ । प्रसादीको ठेक्कमा सामेल भीमदत्त नगरपालिका वडा नम्बर ९ का स्थानीय तथा राशी कन्सट्रक्सनका सञ्चालक चन्द्रसिंह कार्कीले ठेक्का प्रक्रियामा व्यापक अनियमितता भएको बताए ।

उनले टेण्डर दाखिलको अन्तिम समय बुधबार मध्यान्ह १२ बजे भए पनि ११.४५ मा टेण्डर दाखिल गर्न खोज्दा नलिइएको बताए । ‘सूचनामा १२ बजेसम्म टेण्डर दर्ता गर्ने समय तोकिएको थियो तर समितिले सुचनामा तोकेको समय अनुसार टेण्डर बुझेन,’ कार्कीले भने । समितिले ठेक्काको न्यूनतम् बोल अंक २६ लाख रुपैयाँ तोकेको थियो ।

२० लाख रुपैयाँभन्दा धेरैको ठेक्का प्रक्रिया सबैका खुल्ला हुनुपर्ने र त्यसमा मूल्य अभिवृद्धि करमा दर्ता फर्मले मात्रै सहभागी हुन पाउनु पर्ने कानुन भए पनि समितिले सो कानुनको उल्लंघन गरेको छ । ठेक्कामा वडा नं. ९ का वासिन्दा मात्रै सहभागी हुन पाउने र भ्याटमा दर्ता हुन आवश्यक नरहेको प्रावधानबाट समितिले गैरकानुनी काम गरेको प्रष्ट हुन्छ ।

समितिले तोकिएको समयभन्दा ढिलो टेण्डर खोलिएको कार्कीले बताए । उनका अनुसार सुचनामा समितिले २ वजे टेण्डर खोल्ने समय तोकेको थियो । ‘तोकेको समयभन्दा १/२ घण्टापछि टेडण्डर खोलियो,’ उनले भने । सिद्धनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष केशवसिंह नायकले मन्दिरको विधान अनुसार टेण्डर गरिएको बताए ।

उनका अनुसार समितिले बुधबार १२ बजेसम्म डेण्टर दर्ता गर्ने समय तोकेको थियो । ‘तोकेको समयसम्म टेण्डर दर्ता गराएको हो, २ बजे टेण्डर खोलेका थियौ, २ जनाको रकम बराबर भएकाले छलफल गर्‍यौ,’ अध्यक्ष नायकले भने । ‘साधारण सदस्य र आजिवन सदस्यले सहभागी हुन पाउने सधारणसभाको निर्णय छ,’ उनले भने ।

नायकको यो भनाई सार्वजनिक खरिद ऐनको प्रतिकूल छ । खरिद सन्दर्भमा सार्वजनिक समितिका साधारणसभालाई खरिद ऐन विपरित जाने अधिकार छैन । नायकका अनुसार बुधबार खोलिएका टेण्डरमध्ये ९१ लाख रुपैयाँको सर्वाधिक अंक कदोल गरिएको छ । राशी कन्स्ट्रक्सनका सञ्चालक कार्कीले आफूले ९२ लाख रुपैयाँको टेण्डर भरेर निर्धारित समयभन्दा पहिले दर्ता गर्न खोजे पनि समितिले दर्ता नगरेको बताए ।

उनले तोकिएको १० प्रतिशत धरौटी बराबर हुने ९ लाख २० हजार रुपैयाँको बैंक भौचर समेत देखाए । मन्दिर समितिको मनोमानीका कारण बुधबार केहीबेर मन्दिर परिसरमा तनाव पनि रह्यो । परिसरमा भेला भएको स्थानीय वासिन्दाको ठूलो समूहले समितिले जथाभावी गरिरहेको भन्दै नगरपालिकालाई हस्तषेप गर्न आग्रह गरेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles