37.7 C
Mahendranagar
Thursday, April 18, 2024
spot_img

दमक महोत्सवमा करिब रु पाँच करोडको कारोबार

दमक, माघ १० गते । तेह्र दिनसम्म चलेको दमक महोत्सव मंगलबार सकिएको छ । गत पुस २७ देखि शुरु भएको प्रादेशिकस्तरीय कृषि, औद्योगिक तथा पर्यटन महोत्सव औपचारिक रुपमा एक कार्यक्रम गरी सम्पन्न भएको हो । कार्यक्रम झापा क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य पवित्रा निरौलाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतिनिधिसभा सदस्य निरौलाले महोत्सवले आन्तरिक पयर्टनको विकाससँगै आर्थिक समृद्धितर्फ लानेमा जोड दिनुभयो । उहाँले स्थानीय स्तरमा सञ्चालन हुने यस्ता महोत्सवले आर्थिक फड्को मार्न सघाउ पुर्‍याउने बताउनुभयो ।

आयोजक संस्था दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले महोत्सव लक्ष्यअनुरुप सफल भएको दाबी गर्नुभयो । महोत्सवमा एक लाख २५ हजार जनाले महोत्सवको अवलोकन गर्नाका साथै करिब रु पाँच करोड बराबरको कारोबार भएको अध्यक्ष ढकालले बताउनुभयो । कृषि उत्पादनमा उत्कृष्ट हुने कृषक, महोत्सवमा सहयोगी दाता, प्रायोजक, सहप्रायोजक लगायतलाई प्रशंसा–पत्र पनि वितरण गरिएको थियो ।

यस्तै, महोत्सवमा सम्पन्न एकल तथा सामूहिक नृत्य प्रतियोगिताका विजयीहरुलाई पुरस्कार पनि प्रदान गरिएको थियो । कार्यक्रममा जिल्लाका उच्च अधिकारी, राजनीतिक अगुवा, दमक क्षेत्र सामाजिक अगुवा सहितको उपस्थिति रहेको थियो । दमक–७ स्थित सयपत्री टोलनजिक रतुवा खोला छेउमा लागेको महोत्सवमा स्थानीय कृषि उद्यमीका उत्पादनसहित सयभन्दा बढी व्यावसायिक राखिएका स्टल थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles