40.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

चौरीगाईको पुच्छरसहित एक पक्राउ

अबैध रुपमा चौरीगाईको पुच्छर ओसार पसारमा संलग्न एक जनालाई अछाम प्रहरीले मंगलवार जिल्लाको ढकारीवाट प्रकाउ गरेको छ । हुम्ला जिल्लाको सिमिकोट गाउँपालिका ६ का कुंगा लामालाई करिब १ लाख बराबरको चौरी गाईको पुच्छर र हड्डी सहित अछाम प्रहरीले नियन्त्रणमा लिएको हो ।

अछामको ढकारी गाउपालिकाको सैन बजारबाट लामालाई चौरी गाईको सेतो पुच्छर ७ थान, कालो पुच्छर १ थान र हड्डी ५ थान सहित अछाम प्रहरीले नियन्त्रणमा लिएको थियो । लामालाई आवश्यक अनुसन्धानको लागि जिल्ला पशु सेवा कार्यालयमा पठाईएको अछामका प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताउनुभयो ।

लामाले एक महिना अघि हुम्ला जिल्ला पशुसेवा कार्यालयबाट चौरी गाईको बस्ुत ओसार पसार गर्न ७२ घण्टाका लागि इजाजत पत्र लिएको प्रहरीले जनाएको छ । उक्त इजाजतको समय अवधि सकिसकिएकाले लामालाई पक्राउ गरिएको न्यौपानेले जानकारी दिए ।

उक्त बस्तु दार्चुलातर्फ लिन लागिएको लामाले प्रहरीलाई बयान दिएका छन् । केहि दिन अघि मात्रै अछाम प्रहरीले घोडा चोरीमा संलग्न जुम्लाका धर्मराज सञ्ज्याललाई अछामको भैरवस्थानवाट नियन्त्रणमा लिएको थियो । कैलालीको वलियावाट साना ठुला गरि २२ घोडालाई जम्ला तर्फलै जादै गर्दा सञ्ज्याल प्रकाउ परेका थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles