26.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

महाकाली सन्धि अनुसार गरिएका सम्झौता कार्यान्वयन गराउन पहल गर्छु : सिँचाइ मन्त्री गौतम

सिँचाइ मन्त्री सञ्जयकुमार गौतमले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत टनकपुर बाँधबाट नेपालको सीमानासम्मको एक हजार २०० मिटर नहर बनाउन भारतीय पक्षलाई आग्रह गरिएको बताउनुभएको छ । शनिबार टनकपुर बाँधको निरीक्षण गर्दै मन्त्री गौतमले २२ वर्ष अगाडि भएको महाकाली सन्धि अनुसार गरिएका सम्झौता कार्यान्वयन गराउन पहल गर्ने बताउनुभयो ।

महाकाली सन्धिको धारा २ अनुसार टनकपुरमा पूर्वी एफलक्स बाँध निर्माण गर्न नेपाली भूमि प्रयोग गरेको बदलामा नेपालले ३०० क्युसेक पानी सुख्खायाममा र एक हजार क्युसेक पानी वर्षायाममा प्राप्त गर्ने कुुरा उल्लेख गरिएको भए पनि प्राप्त नभएको उहाँले बताउनुभयो । महाकाली नदीमा निर्माण भइरहेको पञ्चेश्वर परियोजनाको काम द्रुत गतिमा अगाडि बढाउन भारत सरकारसँग सहमति भइसकेको उहाँले बताउनुभयो ।

मन्त्री गौतमले पञ्चेश्वरबाट थप भएको पानी उपयोग गर्ने गरी नहरको संचरना निर्माण गरिने बताउनुभएको छ । मन्त्री गौतमले महाकाली सिँचाइ आयोजना तेस्रो तथा जनता तटबन्ध कार्यालयले गरेका कामको पनि निरीक्षण गर्नुभएको छ । उहाँले भीमदत्त नगरपालिका–११ भुजेलामा निर्माण भइरहेको बाँध र मोहना सिँचाइ आयोजनाको समेत निरीक्षण गर्दै छिटो काम गर्न निर्देशनसमेत दिनुभयो । रासस

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles