25.7 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

मोहनापुल–अत्तरिया ६ लेन सडक : रिट निबेदनकर्ता मध्ये मीनकाजी श्रेष्ठद्वारा मुद्धा फिर्ताको घोषणा

मोहनापुल–अत्तरिया ६ लेन सडकको संरचना भत्काउने कार्य रोक्न भन्दै सर्वोच्चमा रिट निबेदन दिनु भएका १३ जना मध्येका एकजना मीनकाजी श्रेष्ठले आफ्नो मुद्धा फिर्ता लिने घोषणा गर्नुभएको छ । छ लेन सडकको निर्माणमा अवरोध नगर्न भन्दै दबाब दिनका लागि गठन भएको युवा दबाब समुहको कार्यक्रममा उपस्थित भएर श्रेष्ठले आफु विकासको विरोधी हुन नचाहेकाले मुद्धा फिर्ता लिएको बताउनु भएको हो । उहाँको श्रेष्ठ गेष्ट हाउस भएको घर पनि सडकको सीमामा परेको थियो ।

युवा दबाव समुहले सोमवार छ लेन सडकमा परेका संरचना स्वस्फुर्त रुपमा भत्काउने घरधनीहरुका लागि सम्मान कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा स्वस्फुर्त रुपमा घर भत्काएर सडकको निर्माणमा सहजीकरण गर्नुभएका १९ जनालाई अविर लगाउदै दोसल्ला ओढाएर सम्मानित गरिएको छ ।

धनगढीका धना जोशी, लोकवहादुर कुँवर, गंगा शाह, यज्ञराज ओझा, मानवहादुर चन्द, ज्ञानवहादुर विष्ट, कुसुमलता गैरे, महेन्द्रनाथ गैरे, मानवहादुर खड्का, दुर्गा खड्का, सुरज विक्रम श्रेष्ठ र सरफ सिंह वोहोरा गरी १३ जना घरधनीहरुले सर्वोच्चमा रिट हालेका छन । धनगढी चौराहामा आयोजना गरिएको कार्यक्रममा विवेकशील साझा पार्टीका प्रदेश नम्बर ७ का संयोजक गोपाल हमालले मीनकाजी श्रेष्ठको जस्तै अरु रिट निबेदनकर्तालाई पनि विकासका लागि ठुलो ह्दय देखाउन आग्रह गर्नुभयो ।

यस्तै युवा दबाब समुहले रिट निवेदन दिएर क्षतीपुर्ती माग गरेका घर धनीहरुका लागि भन्दै सांकेतिक रुपमा एक रुपैया संकलन गरेको छ । ट्राफिक चोकमा बक्सा राखेर नै एक रुपैया अभियान सुरु गरिएको हो । अभियानका संयोजक तथा दृष्टिबिहीन युवा अर्जुन रावलले आफुहरुले सांकेतिक रुपमा यस्तो अभियान सुरु गरेको बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles