23.8 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

आर्थिक अभावले कृष्ण माध्यमिक विद्यालय बन्द हुने अवस्थामा

महेन्द्रनगर, । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ मा रहेको एक विद्यालय आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । शुक्लाफाँटा नगरपालिकाका वडा नम्बर ७ कसरौलमा रहेको कृष्ण माध्यमिक विद्यालयसँग शिक्षकलाई तलब दिन आर्थिका स्रोत साधन नभएपछि विद्यालय सञ्चालन गर्न नसकिने अबस्थामा पुगेको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताए ।

उनका अनुसार विद्यालयले निजि स्रोतका शिक्षकलाई तलब दिन सकेको छैन् । ‘निजि स्रोतका शिक्षकलाई चालु आर्थिक वर्षको सुरुदेखि तलब दिन सकिएको छैन्, शिक्षकहरुले पढाउन छाड्यो भने विद्यालय नै बन्द हुन्छ,’ प्रधानाध्यापक जोशीले भने । विद्यालयमा निजि स्रोतका ६ जना शिक्षक रहेका उनले बताए । उनका अनुसार निजि स्रोतका शिक्षकले निम्न माध्यमिक र माध्यमिक तहमा अध्यापन गराउँदै आएका छन् ।

विद्यालयका ६ जना निजि स्रोतका शिक्षकलाई मासिक ७५ हजार रुपैयाँ दिनुपर्ने प्रधानाध्यपक जोशीले बताए । ‘विद्यालयसँग एक रुपैयाँ छैन्, १/२ महिना तँ विद्यार्थीले भर्ना शुल्क बाफत दिएको रकमबाट निजि स्रोतका शिक्षकहरुलाई तलब दियौ,’ प्रधानाध्यापक जोशीले भने । सरकारले निशुल्क शिक्षा प्रदान गर्ने भनेपनि विद्यालय सञ्चालन गर्नका लागि बाध्य भएर विद्यार्थीबाट भर्ना शुल्क लिनु परेको प्रधानाध्यापक जोशीले बताए ।

‘सञ्चालनमा रहेको विद्यालय बन्द गर्नु भन्दा केही शुल्क लिएर स्कुल चलायौ, अभिभावकको सहमति अनुसार विद्यार्थीको पढाई बिग्रन्छ भनेर भर्ना शुल्क लगायौ, विद्यालयमा गरिब परिवारका विद्यार्थी अध्ययनरत छन्, माशिक शुल्क लागाउन पनि सकिदैन्,’ प्रधानाध्यापक जोशीले भने । सरकारबाट पिसिएफ फन्ड अन्र्तगत विद्यार्थीे संख्या अनुसार पाईने रकम कटौती भएपछि निजि स्रोतका शिक्षकहरुको तलब व्यवस्थापन गर्न विद्यालयलाई समस्या भएको प्रधानाध्यापक जोशीले बताए ।

उनका अनुसार पिसिएफ अन्र्तगत पाइने रकम गत वर्ष सरकारले कटौती गरेको हो । ‘पिसिएफ फन्डबाट आएको रकमबाट निम्न माध्यमिक तह र माध्यमिक तहमा पढाउने शिक्षकलाई तलब दिने गरेका थियौ, कटौती भएपछि माध्यमिक तह र निम्न माध्यमिक तहमा पढाउने शिक्षकलाई तलब दिन सकेका छैनौं,’ प्रधानाध्यापक जोशीले भने । जिल्ला शिक्षा कार्यालयलाई पटक/पटक निम्न माध्यमिक तह र माध्यमिक तहका लागि दरबन्दीको माग गरेपनि दरबन्दी नदिएको उनले बताए ।

विद्यालय व्यवस्थापन समितिको निर्णय र स्थानीय सरकारको निवेदनसहित दरबन्दीको माग गर्दा समेत जिल्ला शिक्षा कार्यालय शिक्षक दरबन्दी नदिएको प्रधानाध्याक जोशीले बताए । ‘आर्थिक स्रोतको व्यवस्थापन गर्न सकिएन भने नयाँ वर्षदेखि माध्यमिक र निम्न माध्यमिक तहको कक्षा सञ्चालन गर्न सकिदैन, निम्न र माध्यमिक तहमा पढ्ने विद्यार्धीको पढाई प्रभावित हुन्छ, कसरी विद्यालय सञ्चालन गर्ने ?,’ उनले भने ।

वडा कार्यालय र नगरपालिकासँग आवश्यक सहयोग लागि माग गरेको बताउँदै अब स्थानीय सरकार कै आशमा रहेको बताए । अहिले विद्यालयमा १० कक्षासम्म पढाइ हुन्छ । विद्यालयमा २ जना रहत शिक्षक, ३ जना स्थायी र ६ जना निजि स्रोतका शिक्षक छन् । प्रधानाध्यापक जोशीका अनुसार विद्यालयमा निम्न माध्यमिक र माध्यमिक तहमा एउटा शिक्षकको पनि दरबन्दी छैन् ।

‘निमावि र माविमा २ सय ५० विद्यार्थी पढ्छन्, निजि स्रोतका शिक्षकको तलबको व्यवस्थापन गर्न नसकिए, विद्यार्थीको पढाई प्रभावित हुन्छ भने चिन्ता लागेको छ,’ प्रधानाध्यपक जोशीले भने ।
बालबालिका भुँइमै बसेर अध्ययन गर्न बाध्य
विद्यालयमा डेस्क बेन्च नहुँदा कक्षा १ देखि ४ सम्म अध्ययनरत्त विद्यार्थी भुईमा बसेर पढ्न बाध्य छन् । विद्यालयसँग आर्थिक स्रोत साधन नभएकाले फनिर्चरको व्यवस्थापन गर्न नसकिएको प्रधानाध्यापक जोशीले बताए । उनका अनुसार कक्षा १ देखि कक्षा ४ सम्म पढ्ने विद्यार्थी भुईमा बसेर पढ्न बाध्य छन् ।

‘कारपेटको व्यवस्थापन गरेका छौ, धेरै जसो विद्यार्थी चिसोमा अउँदैनन्, आजभोली चिसो बढेकाले विद्याथी कम आउँछन्,’ प्रधानाध्यापक जोशीले बताए । फनिर्चरको व्यवस्थापनको लागि शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय र नगरपालिकासँग माग गरेको प्रधानाध्यक जोशीले बताए ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जगत सिंहले विद्यालयलाई आवश्यक सहयोग गर्ने बताए । विद्यालयलाई डेस्क बेन्च खरिद गर्न २ लाख सहयोग गरिने वडा अध्यक्ष सिंहले बताए । ‘साना साना बालबालिका चिासोमा भईमा बसेर पढ्न बाध्य छन्, अन्य समस्या समाधान गर्नु भन्दा यो समस्या चाडो आवश्यक छ, आफ्नो तर्फबाट गर्न सकिने पूर्ण सहयोग विद्यालयलाई गर्छु’ वडा अध्यक्ष सिंहले भने ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles