37.3 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

स्थानीय जनप्रतिनिधि जुटे सडक विस्तारमा – शुक्लाफाँटा नगरपालिका ७ मा चक्रपथ निर्माण हुँदै 

महेन्द्रनगर। स्थानीय तहले जनप्रतिनिधी पाएसँगै गाउँ घरका सागुरा तथा बन्द भएका सडक खुल्नुको साथै सडक तथा विस्तार भईरहेका छन् । वर्षौ देखि बन्द रहेका तथा सागुरा सडक स्थानिय तहका जनप्रतिनिधिले खोलि रहेका छन् ।

जनप्रतिनिधिको पहलमा बन्द तथा नयाँ सडक खोल्ने काम भईरहेको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीका रमेश विकले बताए । उनका अनुसार वर्षौ अगाडी खोलिएका बाटा तथा सडक स्थानीयले बन्द गरेरे खेतीपाती गर्दै आएका थिए । ‘जनप्रतिनिधिले गाउँ टोलका सबैसँग सबैसँग छलफल गरेर बन्द तथा नयाँ सडक खोल्दै छन्, लामो समयदेखि बाटो बन्द तथा स्थानीले बाटा मिचेर खेती गर्दा सागुरा थिए, हिडडुल गर्न गाह्रो थियो’ उनले भने ।

४० वर्षसम्म सडक समेत नपाएको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा अहिले चक्रपथ निर्माण भईरहेको उनले बताए । ‘बस्ती बसेको ४० वर्ष भयो, अहिले सम्म गाउँमा गाडी पुगेको थिएन्’ उनले भने । जनप्रतिनिधि आएपछि विकास निर्माणका कार्यले गति लिएको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का स्थानीय विकले बताए ।

‘पहिला ठेकेदारले सानोतिनो काम गरेर विकास निर्माणका अलपत्र पर्ने गरेका थिए, अहिले हाम्रो वडामा नयाँ बाटा खुल्दै छन्,’ उनले भने । वडाको विकास गर्न बाटो तथा सडक अति आवश्यक भएको बताउँदै बोटो खोल्ने कार्यलाई प्राथमिकता दिएको वडा नम्बर ७ का वडा अध्यक्ष जगत सिंहले बताए ।

उनका अनुसार वडाका शाखा सडक तथा सागुरा बाटा ८ मिटर चौडाई र मुलबाटो १२ मिटर चौडाई बनाएर सडक विस्तार भईरहेको छ । ‘नगरपालिकाबाट चालु आर्थिक वर्षका लागि पाएको बजेटलाई सदुपयोग गर्दै गाउँको विकास भईरहेको छ, गाउँको विकासका लागि यातायात पुग्नु आवश्यक छ, बाटो विस्तारपछि गाउँमा कृषि तथा अन्य कार्यक्रम सञ्चालन हुन्छन्,’ उनले भने ।

एक वर्षमा वडाका सबै गाउँ तथा टोलमा दमक, एम्वुलेन्स लगाएका यातायात साधन पुर्‍ याउने लक्ष्य लिएर काम गरिरहेको उनले बताए । उनका अनुसार वाडाबासी र वडा समितिले प्राथमिकता दिएर आवश्यक सहयोग गरिरहेका छन् । वडा नम्बर ७ का सबै गाउँ टोललाई यातायात सहज हुने गरि चक्रपथ निर्माण गरिरहेको वडा अध्यक्ष सिंहले बताए ।

उनका अनुसार चक्रपथ निर्माण भएपछि शाखा सडक विस्तार तथा नयाँ सडक खोलिने छन् । ‘नगरपालिका कै नमुना वडा बनाउने उदेश्य लिएर चक्रपथ निर्माण गर्दै छु, चक्रपथ निमार्ण गरेरपछि नयाँ सडक तथा बाटा खोल्छौ,’ उनले भने ।
भीमदत्तमा ६६ नयाँ सडक
त्यस्तै भीमदत्त नगरपालिकामा पनि स्थानीय निर्वाचनबाट निर्वाचित भएर जनप्रतिनिधि आएसँगै विकास निर्माणले गति लिएको छ । भीमदत्त नगरपालिकामा ६६ वटा नयाँ बाटो खोलिएका भीमदत्त नगरपालिको नगर कार्यपालिकाका प्रवक्ता तथा १८ नम्बर वडाका अध्यक्ष राजेन्द्र पाण्डेयले बताए ।

‘नगरपालिकाका ४ वडा बाहेक अन्य सबैमा ५० किलोमिटरभन्दा बढी ६६ वटा नयाँ बाटो खोलिएका छन्, अहिले ४ वडा बाहेक सबैमा नयाँ बाटो खुलेको छ, बाँकी रहेका वडामा पनि नयाँ बाटो खुल्छ,’ उनले भने । भीमदत्त नगरपालिकाको ४, ६, ८ र १७ नम्बर वडामा नयाँ बाटो नखोलिएको उनले बताए ।

भीमदत्त नगरपालिको २ नम्बर वडामा सबैभन्दा बढी १२ किलोमिटर नयाँ बाटो खुलेको छ । ११ नम्बर वडामा ७ दशमलव ५ किलोमिटर, ११ नम्बर वडामा ५ किलोमिटर र १० नम्बर वडामा ४ किलोमिटर नयाँ बाटो खुलेको छ । यसैगरी, भीमदत्त नगरपालिकाको १ नम्बर वडामा २ किलोमिटर, ३ नम्बर वडामा २ सय ५० मिटर, ५ नम्बर वडामा ८ सय मिटर, ७ नम्बर वडामा ३ दशमलव ५ किलोमिटर, ९ नम्बर वडामा डेढ किलोमिटर, १० नम्बर वडामा ४ किलोमिटर, ११ नम्बर वडामा ७ दशमलव ५ किलोमिटर, १२ नम्बर वडामा ३ किलोमिटर, नयाँ बाटा खोलिएका छन् ।

त्यस्तै १३ नम्बर वडामा ६ किलोमिटर, १४ वडामा २ किलोमिटर, १५ नम्बर वडामा ५ किलोमिटर, १६ नम्बर वडामा ३ दशमलव ५ किलोमिटर, १८ नम्बर वडामा ३ सय मिटर र १९ नम्बर वडामा ३ किलोमिटर नयाँ बाटो खोलिएको छ । १ र १२ नम्बर वडामा सबैभन्दा बढी १ दर्जन नयाँ बाटो खोलिएका छन् ।

स्थानीयको आवश्यकता र मागका आधारमा नयाँ बाटो खोलिएको भीमदत्त नगर कार्यपालिकाका प्रवक्ता पाण्डेयले
बताए । ‘स्थानीय तहमा जनप्रतिनिधि नहुँदा नगर क्षेत्रमा रहेका बाटो कब्जा गरिएका थिए, ती सबै बाटो खोलेर स्थानीयलाई आवागमन सहज बनाउन नयाँ बाटो खोलिएका हुन्,’ उनले भने ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles