40.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

भीमदत्त नगरपालिकाले करिब साढे ५ करोड विद्युत बिल तिर्न बाँकी

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले सडकवत्तीको मात्रै ५ करोड ३६ लाख रुपैयाँ तिर्न बाँकी रहेको छ । नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका अनुसार नगरपालिकाले पटक–पटकको ताकेतापछि पनि सो बक्यौता नतिरेको हो ।

केन्द्रले गत महिनासम्म सरकारी तथा निजी क्षेत्रबाट भन्डै साढे १३ करोड विद्युत महशुल बक्यौता उठाउन सकेको छ्रैन् । वितरण केन्द्रका लेखा प्रमुख हर्कबहादुर सिंहले गत पुससम्ममा महेन्द्रनगर वितरण केन्द्रले १३ करोड ४५ लाख ५१ हजार ६ सय ४९ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको बताए । केन्द्रले २ महिना भन्दा बढिको विद्युत महशुल तिर्न बाँकी रहेको ग्राहकको विद्युत लाईन काट्ने गरे पनि धेरै ग्राहकबाट महशुल उठ्न सकेको छैन् ।

प्रमुख सिंहका अनुसार सबै भन्दा बढी ५ करोड ३७ लाख ५३ हजार ६ सय ८१ रुपैयाँ सडक बत्तिको महशुल उठाउन बाँकी छ । व्यक्तिगत घरहरुबाट २ करोड ४६ लाख १० हजार रुपैयाँ, विभिन्न उद्योगबाट ३ करोड ८६ लाख ३९ हजार रुपैयाँ र खानेपानी वितरण केन्द्रहरुबाट बक्यौता उठाउन बाँकी रहको लेखा प्रमुख सिंहले बताए ।

जिल्लाका सरकारी कार्यालयबाट ५४ लाख ४ हजार रुपैयाँ, विभिन्न समुदायबाट १५ लाख ४९ हजार रुपैयाँ, सिचाई कार्यालयबाट ६ लाख ४८ हजार रुपैयाँ र अस्थायी प्रयोजनका लागि प्रयोग गरे बाफतको २ लाख १२ हजार विद्युत महशुल उठाउन बाँकी रहेको छ । केन्द्रको आन्तरिक खपत भएको विद्युतको ७ लाख ५८ हजार रुपैयाँ महशुल बक्यौता रहेको छ ।

वितरण केन्द्रले यस आर्थिक वर्षको पुससम्ममा समयमै विद्युत महशुल नबुझाउने १ सय ७४ ग्राहककको विद्युत लाईन काटिसकेको छ भने ९२ ग्राहकको पुनः विद्युत लाईन जडान गरेको छ । लाइन जडानबाट २२ लाख ४९ हजार रुपैयाँ बक्यौता संकलन गरेको लोखा प्रमुख सिंहले बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles