लालझाडीमा क्रिकेट प्रतियोगिता हुने

द्वारा : सुदुर न्युज

महेन्द्रनगर, । शहीद दिवसको अवसरमा कञ्चनपुरको पुनर्वास नगरपालिकामा तेस्रो लालझाडी टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । लालझाडी युवा क्लबको आयोजनामा पुनर्वास नगरपालिकाको वडा नम्बर ११ मा राष्ट्रिय माध्यमिक विद्यालयकोे खेल मैदानमा माघ १० गतेदेखि २० गतेसम्म खेल सञ्चालन हुने क्लबका अध्यक्ष काशीराम बोहराले बताए ।

प्रतियोगिता१० दिनसम्म सञ्चालन हुने छ । प्रतियोगीतामा नेपाल र भारतका गरी जम्मा १६ टिमको सहभागिता रहने अध्यक्ष बोहराले बताए । उनका अनुसार क्रिकेट प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ र द्वितीयलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै म्यान अफ द सिरीज १ जनालाई ५ हजार, उत्कृष्ट ब्याट्सम्यान, वलर, फिल्डर र विकेट किपरलाई ३/३ हजार र म्यान अफ द म्याच हुने खेलाडीले १ हजार नगद तथा ट्रफी र दिइने छ । त्यस्तै क्लबले आगामी फागुन २६ गते शहीद गोविन्द गौतमको प्रथम स्मृति दिवसमा पेनाल्टी सुट–आउट फुटबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com