35 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

धनकुटामा जारी निषेधाज्ञा खुकुलो बन्दै

धनकुटा — जिल्लामा जारी तनाव अन्त्यका लागि आन्दोलनरत पक्ष र प्रशासनबीच सुक्रवार अपरान्ह भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

प्रशासनले जारी गरेको निषेधाज्ञा तथा आन्दोलनरत पक्षले गरेको आमहड्ताल लगायत समस्या समाधानका लागि अपरान्ह जिल्ला प्रशासन कार्यालयमा भएको वार्ता निष्कर्ष बिहिन भएको हो ।
आन्दोलनरत पक्षले बन्द हड्ताल फिर्ता लिनुपर्ने तथा प्रशासनले निषेधाज्ञा हटाउनेबारे निर्णय नहु‘दा वार्ता निचोडमा पुग्न सकेन । बन्द हड्ताल अन्त्य गर्नु पर्ने आन्दोलनरत पक्षलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । ‘आमहड्तालले नागरिकलाई सास्ती भएकोले तत्काल फिर्ता लिनु पर्छ’, उप्रेतीले भने, ‘प्रशासनले शान्ति सुरक्षा कायम गर्न लगाएको निषेधाज्ञा पनि फिर्ता लिन तयार छ ।’ निषेधाज्ञा पहिले हटाउनु पर्ने आफुहरुको अडान अघि सारिएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए ।
यसैबीच प्रशासनले जारी गरेको निषेधाज्ञा भने शुक्रबार सॉझदेखि खुकुलो पार्दै जाने प्रमुख जिल्ला अधिकारी उप्रेतीले जानकारी दिए । अपरान्ह ५ बजेदेखि प्रहरी स्कर्टिङमा यातायात सञ्चालनमा आएको छ ।
निषेधाज्ञा अन्त्यका लागि सनिवार सुरक्षा समितिको बैठक बसेर टुंगो लगाउने प्रजिअ उप्रेतीले जानकारी दिए । यसैगरी वार्तामा सहभागी आन्दोलन परिचालन समितिका संयोजक श्रेष्ठले समितिको बैठक बसेर सहज वातावरणको लागि अघि बढ्ने बताए । वार्तामा क्रियासिल प्रमुख बराजनीतिक दलका प्रतिनिधि, सांसदहरु, आन्दोलन परिचालन समितिका संयोजक सहभागी थिए ।
दुवै पक्ष गम्भीर भएर जाने हो भने अर्को चरणको वार्ता बसिरहनु नपर्ने प्रजिअ उप्रेतीको तर्क छ । निषेधाज्ञाको क्रममा प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको तथा गालिगलौज गरिएको गुनासो चुलिएको विषयमा भने प्रहरीले गल्ती स्वीकार गर्दै त्यस्तो कार्य नदोहोऱ्याउने जनाएको छ ।
जिल्लालाई अस्थायी मुकाम नतोकेको भन्दै जारी प्रदर्शन हिंसात्मक बनेपछि विहिवार मध्यान्हदेखि धनकुटा बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । यस्तै अनिश्चितकालिन आमहड्ताल तेस्रो दिनपनि जारी रहँदा जनजीवन अस्तब्यस्त बनेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles