30 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै नेपालगन्ज अस्पतालमा तोडफोड 

नेपालगन्ज — अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिरामीका आफन्तले तोडफोड गरेका छन् ।

दैलेख चौडाखाकी २२ वर्षीया सीता शाहीले बुधबार राति १ बजे अस्पतालमा छोरा जन्माएकी थिइन् । उनको उपचारको क्रममा बिहीबार दिउँसो ४ बजे मृत्यु भएको थियो । अस्पतालको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् । शिशुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
तोडफोडबाट अस्पतालको प्रशासन कक्ष, इमर्जेन्सीलगायतका करिब दर्जन सिसा फुटेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार मृतकका आफन्तहरुले नाराबाजी गर्दै अस्पताल तोडफोड गरेका हुन् । मृतक सशस्त्र प्रहरीका सहायक हवल्दार लालबहादुर शाहीकी पत्नी हुन् ।
पीडितका आफन्तले अस्पतालमा लागेको सम्पूर्ण खर्च मिनाहा हुनुपर्ने, पोस्टमार्टम गर्न काठमाडौं लैजानुपर्ने र आवश्यक खर्च ब्यहोर्नुपर्ने तथा बच्चालाई आजीवन सबै खर्च ब्यहोर्नुपर्ने माग गरेका छन् ।
अस्पताल प्रशासनले भने हजार दिनसम्म्म शिशुको सबै खर्च ब्यहोर्ने जनाएको छ । बैठक बसेर आवश्यक निर्णय लिइने अस्पताल प्रशासनले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles