24.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

प्रादेशिक अस्थायी सदरमुकाम – दिपायलमा बिहानैबाट प्रदर्शन

डोटी — सरकारले अस्थायी प्रदेशको राजधानी धनगढी तोकेको विरोधमा बिहीबार पनि डोटी तनावग्रस्त छ । बिहानबाटै प्रदर्शनकारीहरु सडकमा उत्रेर नाराबाजी गरिरहेका छन् ।

प्रहरी र सशस्त्रको गस्ती डोटीमा व्यापक बढाइएको छ । सिलगढी, दिपायल, राजपुरमा प्रदर्शनकारीको उपस्थिति बढ्दै गएको छ । बाटो बाटोमा सिसा ढुंगा राखेर सडक अवरुद्ध पारिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाको चर्को आलोचना गरिरहेका छन् । प्रधानमन्त्री देउवाको शव बनाएर नगरपरिक्रमा गर्दै विरोध जनाइरहेका छन् ।
कांग्रेसका जिल्ला जिल्ला सचिव सहित क्षेत्रीय सभापति, नगर सभापति लगायत सामूहिक राजीनामा दिएर आन्दोलनमा उत्रेका छन् ।
संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले अनिश्चित आम हड्ताल भन्दै आन्दोलनलाई थप चर्काउने चेतनावनी दिएका छन् । यसअघि १३ सम्म लगातार आम हड्तालमा उत्रेका स्थानीयले आन्दोलनको स्वरुप फेर्दै धर्ना र अनसन सुरु गरेका थिए ।
सरकारले अप्रिय निर्णय गरेको भन्दै बुधबारबाट पुन: जिल्ला ठप्प पारिएको संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले बताए । डोटीको दिपायल, पिपल्ला, राजपुर, सिलगढी , गोपघाट लगायतको बजार पूर्णरुपमा बन्द छ । यातायात, कार्यालय पनि ठप्प पार्दा जनजीवन कष्टकर बनेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles