26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

प्रादेशिक अस्थायी सदरमुकाम – धनकुटा तनावग्रस्त, निषेधाज्ञा जारी

क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी

धनकुटा — धनकुटामा जारी प्रदर्शन हिंसात्मक बन्दै गएपछि बिहीबार दिउँसोदेखि लागु हुने गरी प्रशासनद्वारा अनिश्चितकालिन निशेधाज्ञा जारी गरेको छ ।

प्रशासनले पूर्वमा बिहीबारे हाट, पश्चिममा लोकसेवा, उत्तरमा स्कुलडॉडा र दक्षिणमा जिरो प्वाइन्ट क्षेत्रभित्र निशेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ। निषेधित क्षेत्र घोषणा भएपछि सडकमा समूहमा हिँड्डुल गर्न नपाइने सूचना जारी भएपनि प्रदर्शनकारीले उल्लंघन गर्दै प्रदर्शन जारी राखेका छन्।
सरकारले प्रादेशिक अस्थायी सदरमुकाम अन्यत्र तोकेको विरोधमा आक्रोशित धनकुटावासी बिहानैदेखि आन्दोलनमा उत्रिएका थिए। जिल्लालाई प्रदेश नं.१ को राजधानी घोषणा गर्नुपर्ने माग राख्दै पाँच सातादेखि आन्दोलनमा उत्रिएका स्थानीय विराटनगर अस्थायी मुकाम तोकेपछि अझ आक्रोशित बनेका छन्।
निशानामा सरकारी कार्यालय
यसैबिच सयौंको संख्यामा रहेका प्रदर्शनकारीले सरकारी कार्यालयलाई निशाना बनाउन थालेपछि स्थिति हिंसात्मक बनेको थियो। पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरिएको छ। उपप्रशासक सेवन्तराज दाहाल कार्यालयको माथिल्लो तलामा रहेको निवासमा रहेका बखत आगजनी गरिएको हो। दाहाललाई स्थानीयवासीको मद्धतमा उद्धार गरिएको थियो।
कार्यालयमा आगजनी भएको बखत सुरक्षाकर्मी थिएनन्। आगजनीबाट कार्यालयको कम्प्युटर शाखामा क्षति पुगेको छ। करिब २० मीनेट पछि मात्र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएको थियो।
यस्तै प्रदर्शनकारीले उच्च अदालत विराटनगरको धनकुटा इजलाशमा पनि क्षति पुर्‍याएका छन्। अदालतको साइनबोर्ड झिकेर फालिएको छ भने कार्यालयका सिसा फुटाइएका छन्। सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा पनि आगजनी प्रयास गरिएको छ। कार्यालयभित्र राखिएको सरकारी नंबर प्लेटको को.१ ब १०६४ नंबरको मोटरसाइकलमा आगजनी भएको छ।
हातमा कालो झन्डा लिएका प्रदर्शनकारीले लगातार सरकारी कार्यालयमा आक्रमण गर्न थालेपछि सयौको संख्यामा थप सुरक्षा बल परिचालन गरिएको प्रशासनले जनाएको छ।
झडपमा ७ घाइते
सुरक्षाकर्मी र प्रदर्शनकारीबिच धनकुटा बजारस्थित भीमनारायण चोक तथा मदन चोकमा कयौंं पटक झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। बिहान मदनचोकमा जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले प्रदर्शनकारीलाई आफै नियन्त्रण लिन थालेपछि उनी चढेको गाडी तोडफोड गरिएको थियो। उनी चढेको ना.१ ख १३१४ नंबरको गाडी प्रदर्शनकारीले तोडफोडबाट क्षति पुगेको छ।
प्रहरीको लाठी चार्जबाट नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष दिनेश राई गम्भीर घाइते भएका छन्। उनको टाउकोमा गहिरो चोट लागेको छ। यसैगरी आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठ समेत घाइते भएका छन्। उनलाई प्रहरीले भीमनारायण चोकमा नियन्त्रणमा लिएपछि लाठी प्रहार गर्दा घाइते भएका हुन्।
रेडक्रसको उद्धार टोलीले एम्बुलेन्सबाट अस्पताल ल्याउँदै गरेका श्रेष्ठलाई प्रहरीले बाटोमा रोकेर आतंककारी भन्दै पुन: यातना दिएको थियो। रेडक्रस सभापति नरेन्द्र पोखरेलसहितको टोलीले प्रहरीबाट उद्धार गरेको छ।
यसैगरी अन्य घाइतेमा उत्तम खड्गी, जयन्द्र प्रधान, अजित पाख्रिन, अतित विक, एम्बुलेन्स चालक रन्जित गिरी समेत घाइते छन्। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। यसैगरी मोरङको केराबारीबाट भोजपुरतर्फ विरामी लिन जॉदै गरेको को २ च ४३२ नं.को एम्बुलेन्स तोडफोड गरिएको छ। चालक रन्जित गिरी समेत सामान्य घाइते भएका छन्। प्रदर्शनकारीले धनकुटा नगरपालिकाको वारुणयन्त्रमा पनि तोडफोड गरेका छन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles