42.5 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

अत्यधिक चिसो बढेसँगै आगो ताप्ने व्यवस्था

पोखरा : हिमाल पारिको जिल्ला मनाङमा अत्यधिक चिसोका कारण जनजीवन थप कष्टकर बन्दै गएपछि स्थानीय प्रशासनको सहयोगमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।

देशभरी नै चिसो बढिरहेका बेला मनाङमा माइनस १६ डिग्री तापक्रम पुगेर जनजीवन कष्टकर बनेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

आगो ताप्ने व्यवस्था

उहाँका अनुसार जिल्लाको प्रतिकूल तापक्रमलाई मध्यनजर गरी चामे गाउँपालिका भवन अघिकोे खुला स्थान, नेस्याङ–४ हुम्दे बजार, नेस्याङ–६ मनाङ बजार, नाशोङ गाउँपालिका भवन अघि, चामे–३ कोतो बजार र ताल बजारलगायत स्थानमा अपराह्न ४ बजेदेखि आगो ताप्ने व्यवस्था मिलाइएको छ ।

जाडो बढेसँगै मनाङको कूल छ हजार ५२७ जनसंख्यामध्ये हालसम्म करिब चार हजार व्यक्ति जाडो छल्न बाहिरी जिल्ला गएका छन् । अत्यधिक चिसोका कारण सरकारी तथा निजी विद्यालय बन्द गरिएको छ ।

-रासस

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles