१५३.१ किलो तौलको समोसा

द्वारा : सुदुर न्युज
Large Samosa

ब्रिटेनको राजधानी लण्डनमा बनाइएको एउटा समोसाले नयाँ कीर्तिमान कायम गरेको छ।

१५३.१ किलो तौलसहितको समोसा हालसम्मकै सबैभन्दा बढी वजन भएको समोसाको रुपमा गिनिज बुकमा नाम दर्ता गराउन सफल भएको हो।

यसअघि उक्त कीर्तिमान ११०.८ किलो तौल भएको समोसाको नाममा थियो।

उत्तरी ब्रिटेनस्थित ब्रेडफोर्ड कलेजमा उक्त समोसा बनाइएको थियो।

कसले बनायो समोसा?

कार्यक्रमका आयोजक फरिद इस्लामले भने, “पहिले त हामीलाई निकै सजिलो लागेको थियो तर पछि थाहा भयो कि यो देशमा यति ठूलो भाँडा नै छैन जसमा यत्रो समोसा बनाउन सकियोस्। अनि हामीले एउटा छुट्टै भाँडा बनाउन लगायौँ।”

उक्त समोसा बनाउन १५ घण्टा लागेको थियो।

‘गिनिज बुक अफ रेकर्ड्स’का एकजना अधिकारी प्रवीण पटेलले समाचार संस्था एएफपीसँग कुरा गर्दै भने, “विश्व कीर्तिमान बनाउनका निम्ति समोसा जस्तै स्वरुप हुनुपर्छ, मैदाभित्र प्याज र केराउ मिसिएको हुनुपर्छ। तेलमा पकाएपछि त्यसको आकारमा परिवर्तन हुनुहुँदैन। र, मान्छेले खान मिल्ने जस्तो समोसा देखिनुपर्छ। मानिसहरुले पूरै समोसा खान पनि सक्नुपर्छ।”

लण्डनमा समोसा तयार भएर त्यसलाई जोखेपछि पटेलले त्यो आफैंमा एउटा ठूलो उपलब्धि भएको प्रतिक्रिया दिए।

कीर्तिमान कायम भएको घोषणा गरिएपछि उक्त समोसा स्थानीय मानिसहरुलाई बाँडिएको थियो।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com