29 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

भारतमा फानीले एक जनाको मृत्यु भएको पुष्टि, ३० भन्दा बढि घर ढलेको आशंका

काठमाडौं, वैशाख २० गते ।

भारतको ओडिसामा आएको फानी नामक समाुद्रि आँधीमा परि एक जनाको मृत्यु भएको छ ।

बंगालको खाडीबाट विकसित सामुद्रिक आँधीमा परि आन्ध्रप्रदेशको श्रीकाकुलमा २० भन्दा बढि घर ढलेका छन भने रुख ढल्दा एक जनाको ज्यान समेत गएको छ ।

पुरीमा रुख ढल्दा एक जानको मृत्यु भएको र घाइतेहरुको विवरण संकलन र उद्धार कार्य जारी रहेको भारतीय समाचारमाध्यमहरुले जानकारी दिएका छन् ।

यस्तै फानीको प्रभाव नेपालसम्म पनि देखिएको छ ।

फानीको प्रभाव शुक्रबार बेलुकाबाट प्रतक्ष देखिने मौसमविद्हरुले जनाएका छन् ।

यसको असर देशका पूर्वी भागमा मेघ गर्जनका साथ पानी र चट्याङ पर्ने सम्भावना समेत रहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles