36.8 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

जापान सम्राट आकिहितोद्वारा राजगद्दी परित्याग गरेको घोषणा

जापानमा सम्राट आकिहितोले मङ्गलवार राजगद्दी परित्याग गरेको घोषणा गरेका छन्। जापानी समयानुसार अपराह्ण आयोजित एउटा समारोहमा ८५ वर्षीय आकिहितोले सम्राटका रूपमा आफ्नो अन्तिम भाषण गरे।

दुई सय वर्षपछि पहिलो पटक जापान सम्राटले स्वेच्छाले पदत्याग गरेका हुन्। यसअघि टोक्योस्थित राजभवनमा गद्दीत्यागको विधि परम्परागत रूपमा सुरु भएको थियो। राजभवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीलगायत ३३० जना विशिष्ट व्यक्तिहरू उपस्थित थिए।

वयोवृद्ध आकिहितोले स्वास्थ्य र उमेरका कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए।

जापान सम्राट आकिहितो

बुधवार बिहान युवराज नारुहितोले क्रिसन्थेमम गद्दी भनेर प्रख्यात जापानी राजसिंहासन सम्हाल्नेछन्। जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन। तर उनी राष्ट्रिय प्रतीकका रूपमा चिनिन्छन्।

आकिहितो जापानमा लोकप्रिय थिए। मङ्गलवार बिहान गोप्य रूपमा सम्पन्न विधिमा उनले आफ्नो पूर्वजहरूलाई गद्दी परित्याग गर्न लागेको “बताएका” थिए।

आफ्नो अन्तिम भाषणमा सम्राट आकिहितोले जापान तथा विश्वमा शान्ति र समृद्धि होओस् भन्ने कामना गरे। उनले भने, “मलाई प्रतीकका रूपमा स्वीकार र समर्थन गरेकोमा म जनताप्रति धेरै कृतज्ञ छु।” “साम्राज्ञीसहित म हृदयदेखि नै रेवा युग शान्त तथा फलदायी होस् भन्ने कामना गर्छु। अनि म हाम्रो देश तथा विश्वका जनताको कल्याण र सुखका लागि प्रार्थना गर्छु।” – बीबीसी

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles