37.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

जापानमा एक नेपाली महिलाको उपचारकै क्रममा निधन

जापान , कार्तिक १२, २०७५।

टोकियो– बाग्लुङको गल्कोट स्थायी घर भई जापानको इवाराकी केनमा बस्दै आएकी एक नेपाली महिलाको उपचारका क्रममा अल्पायुमै निधन भएको छ ।

आफ्ना श्रीमान र एक छोरासहित इबाराकी केनमा बस्दै आएकी ३२ बर्षिय विना बोहोरा साहानी लामो समयदेखि क्यान्सरसंग जुधिरहेकी थिइन । उनको ईवाराकी केन स्थित हिताची जनरल हस्पिटलमा उपचारको क्रममा सोमवार विहान निधन भएको हो ।

उनी गायक दिपिन साहनीकी श्रीमति हुन । दिपिन साहनी नेपाली संगित क्षेत्रमा प्रगतिशिल गायकका रुपमा चिनिन्छन् ।

केही दिन अघिमात्रै बाग्लुङकै गल्कोट नगरपालिका मल्म स्थायी घर भई जापानको नागोया शहरको मिनातो कुमा बसोबास गर्दै आइरहेकी ५० बर्षिय तुलसी देवी बस्नेतको पनि हस्पिटलमा उपचारकै क्रममा निधन भएको थियो ।

एक्कासि बेहोस भै लडेपछि उपचारार्थ हस्पिटल लगिएको थियो । डाक्टरहरुले उनको मृत्युको कारण हृदयघात रहेको जानकारी दिएका थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles