23.8 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

मलेसियामा एक नेपालीको मृत्यु

बैतडी, भाद्र २९, २०७५ ।

सडक दुर्घटनामा परी मलेसियामा आज एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बझांगको केदारस्युँ गाउँपालिका ५ बाझका ३० बर्षीय मान बहादुर बोहरा रहेका छन् ।

कोठाबाट कामका लागी कम्पनीतिर गईरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएको हो ।

ट्याक्सीले ठक्कर दिएर गम्भीर भएका बोहराको उपचारका क्रममा आज बिहान ७ बजे एक स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियावाट बैतडीको सुर्नया गाउँपालिका घर भएका रमेश साउँदले जानकारी दिए ।

बोहरा बिगत ७ बर्षदेखि मलेसियाको सिनामो (सोफा)कम्पनीमा कार्यरत रहेका थिए। मृतक बोहराको शव नेपाल ल्याउने तयारी भएको छ ।

मलेसियामा सडक पार गर्नेक्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउननुपरेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles