27.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

विश्वकपका कारण रुसी महिलाले विदेशीका बच्चा जन्माउने चिन्ता

काठमाडौं, असार ४

विश्वकप फुटबलको आयोजक राष्ट्र रुसलाई यतिबेला एकल आमाको संख्या बढ्ने चिन्ताले छोएको छ ।

रुसका महिलाले विश्वकपको समयमा आएका विदेशी पुरुषसँग यौन सम्बन्ध राख्नाले एकल आमाको संख्या बढ्न सक्ने चिन्ता बढेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका खबर अनुसार रुसी सांसद तामरा प्लेतन्योभाले रेडियो गोभोरिक मोस्कोभालाई अन्तर्वार्ता दिनेक्रममा विश्वकपपछि एकल आमाको सङ्ख्या बढ्ने चिन्ता व्यक्त गरेकी छिन् । उनले विदेशी पुरुष र रुसी महिलाबाट जन्मने बच्चाले पछि दुःख पाउन सक्ने समेत बताइन् ।

उनले विश्वकपका समय आएका पुरुषसँग यौन सम्बन्ध नराख्न रुसी महिलालाई आग्रह गरेकी छन् । रुसी संसदमा परिवार, महिला तथा बालबालिका समितिकी प्रमुख रहेकी प्लेतन्योभाले विदेशी अश्वेत पुरुषसँग यौन सम्बन्ध राख्दा मिश्रित सन्तान जन्मन सक्नेप्रति सचेत गराइन् ।

उनले सन् १९८० को मस्को ओलम्पिकपछि विदेशी पिताबाट जन्मिने बच्चाको सङ्ख्या एक्कासी वृद्धि भएको स्मरण गर्दै विदेशीसँग यौन सम्बन्ध रुसीका लागि खतरनाक हुने धारणा व्क्त गरिन ।

उनले रुसी महिलाले रुसी पुरुषसँगै विवाह गर्नु पर्ने बताइन । ‘विदेशीसँग सम्बन्ध राख्दा बच्चा र आमा दुवैको विजोग हुन्छ, मिश्रित सन्तान जन्मन्छन्, त्यसकारण सुखी परिवारका लागि रुसी नागरिकले एकअर्कासँग विवाह गर्नुपर्छ ।’ उनले भनिन् । एजेन्सी

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles