37.3 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

उत्तर कोरियाली नेता किम जोङ अन वार्ताका लागि मस्को जाने

जेठ १९, काठमाडौं ।
एक शिखर वार्तामा भाग लिनका लागि उत्तर कोरियाली नेता किम जोङ अन मस्को जाने भएका छन् । रुसी विदेश मन्त्री सर्गेइ लाभ्रोभले उत्तर कोरियाको भ्रमण गरेपछि किम मस्को जान लागेका हुन् ।
प्योङयाङमा लाभ्रोभलाई भेटेका नेता किमले यसै वर्षको अन्त्यसम्ममा मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गर्ने उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।

लाभ्रोभसँगको भेटमा नेता किमले परमाणु अस्त्र चरणवद्ध रुपमा निश्शस्त्रीकरणप्रतिको आफ्नो प्रतिवद्धता नबदलिएको बताएका थिए ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बिहीवार उत्तर कोरियाली नेताका विश्वासपत्रसँग भेट गरेका थिए । उक्त भेटमा “वास्तविक प्रगति हासिल“ भएको माइकले बताएका थिए ।

नेता किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच हुने भनिएको बहुप्रतिक्षित शिखर वार्ताको स्थान र मिति भने निर्धारण भएको छैन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles