26.8 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

अमेरिकाको ह्युस्टनमा पशुपतिनाथ मन्दिर बन्ने

असार २०, २०७४- करिब दुई वर्षको अनवरत प्रयासपछि टेक्सासको ह्युस्टनमा पशुपतिनाथ मन्दिर एवम् सामुदायिक केन्द्र निर्माण हुने भएको छ । अबको दुई महिनाभित्र सो कार्य सम्पन्न हुने आयोजक नेप्लिज् एसोसिएसन अफ ह्युस्टनले जनाएको छ । ह्युस्टनको रिचमण्डस्थित पशुपतिनाथ र राधाकृष्ण मन्दिर निर्माणका लागि करिब ६८ रोपनी जग्गा नेपाली समुदायले आफनो स्वामित्वमा लिनेछ । जग्गा र मन्दिर खरिदसम्बन्धी कार्य आगामी सेप्टेम्बरको अन्तिम सातासम्ममा पूरा हुने भएको हो ।


हाल सो मन्दिर रहेको ठाउँमा ११ हजार २५० वर्गफिटको पार्किङ, ४ हजार २०० वर्गफिटको भवन छ । जग्गाको लागि ३ लाख ५० हजार डलर मूल्यमा खरिद गरिने र सो स्थानमा पहिलो चरणको कार्य सम्पन्न गर्न ५ लाख अमेरिकी डलर खर्च लाग्ने छ । नेपाली संस्कृति एवम् परम्परा झल्किने मन्दिर र सामुदायिक केन्द्रको स्थापनामा नेपालीहरुको उल्लेखीय सक्रियता रहेको छ ।

योजनाको दोस्रो चरणमा नेपाली वास्तुकला झल्किने पशुपतिनाथ मन्दिर, सामुदायिक भवन, पाहुना घर, पुस्तकालय, बालबालिकाको लागि खेल मैदानजस्ता आवश्यक कुराहरु निर्माण गरिनेछ । आगामी एक महिनाभित्र आवश्यक पाँच लाख डलर रकम संकलन गरिने आयोजकले एक अन्तर्क्रिया कार्यक्रममार्फत बताएको छ ।

अन्तर्क्रियामा एसोसिएसनका अध्यक्ष ज्योति घिमिरे, महासचिव विष्णु नेपाललगायत पदाधिकारीले योजनाबारे विविधरुपले प्रकाश पारेका थिए । ग्रेटर ह्युस्टनमा अर्थ संकलनलाई प्रभावकारी बनाउन क्षेत्रीयस्तरमा संयोजकहरु तोकिएको छ । मिडिया संयोजनको जिम्मेवारी भने तारा बराललाई दिइएको छ । ह्युस्टनमा करिब १५ हजार नेपालीको बसोबास छ ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles