36.9 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती आक्रमण, ५७ जनाको मृत्यु १०० भन्दा बढी घाइते

काबुल, वैशाख ९ गते ।

अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आक्रमणकारीसहित ३१ सर्वसाधारण रहेका स्थानीय टेलिभिजनले आइतबार जनाएको छ । घटनामा परी अरु ५४ जना घाइते एका छन् ।

स्थानीय एक विद्यालय अगाडि रहेको मतदाता दर्ता कार्यालय लक्षित गरी डास्ती बार्चीको क्वाला ए नाजिर क्षेत्रमा विस्फोटन भएको हो ।

बम पड्किने बेलामा मतादाता परिचयपत्र लिनका लागि कैयौ मानिस दर्ता कार्यालय अगाडि रहेका थिए । स्थानीय समयानुसार बिहान १०ः१० मा घटना भएको हो ।

घटनास्थललाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोगले गत अप्रिल एक तारिखका दिन आउदो अक्टोबर २० मा निर्वाचन गर्ने घोषणा गरेको थियो ।

अफगाननितस्तानमा तालिबान आतङ्ककारी समूहले जारी राखेको द्वन्द्वको कारण यसअघि पनि तय गरिएको मिति सरेर अक्टोबर २० मा तय गरिएको थियो ।

ताजा समाचार लेख्दासम्म प्राप्त अफगानिस्तानको अन्तरिक मामिला तथा स्वास्थ्य मन्त्रालयका कर्मचारी हरु द्वारा प्राप्त जानकारी अनुसार ५७ जनाको मृत्यु भइसकेको र १०० भन्दा बढी घाइतेको उपचार भइ रहेको छ ।

(रासस)

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles