36.7 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

सुदूरपश्चिमेली नेपाली समाज भारतको प्रथम महादिवेशन बैशाख १२ गते हुने, मुख्यमन्त्री भट्ट द्वारा उद्घाटन

नागेन्द्र जोशि, नयाँ दिल्ली, ८ बैसाख ।

सुदूरपश्चिमेली नेपाली समाज भारतको प्रथम महादिवेशन यहि बैशाख १२ गते धनगढीमा हुने भएको छ।

सुदूरपश्चिमेली नेपाली समाज भारतले शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रथम महादिवेशन बारे जानकारी दिएको हो।

समाजको तदर्थ समितिका संयोजक दीपक मल्लले धनगढीको ओम प्यालेसमा हुने महादिवेशन समारोहको प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए।

महादिवेशनमा भारतमा रोजगारी गर्दै आएका करिब २ सय जनाको उपस्थिती रहने विश्वास लिइएको छ।

प्रदेश नम्बर ७ घर भई भारतका विभिन्न स्थानमा रोजगारी गर्दै आएका युवाहरु दीपक मल्ल, करन कठायत, मोहनविर साँवद, परमानन्द साँवद, दीपक खडका लगायतको अगुवाइमा सुदूरपश्चिमेली नेपाली समाज भारतको गठन गरिएको हो।

भारतमा रहेका सुदूरपश्चिमेली मजदुरको हक हितका साथै यहाँको विकास र उन्नतीमा सहयोग गर्ने समाजको मुख्य उदेश्य रहेको छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles