अफगानिस्तान – विवादमा एकै परिवारका छको मृत्यु

द्वारा : सुदुर न्युज

जलालाबाद, अफगानिस्तान, चैत २८ गते ।

अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा लामो समयदेखि जारी घरायसी विवादको कारण भएको द्वन्द्वमा परी एकै परिवारको छ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले आज जानकारी दिएका छन ।

बेहसुद जिल्लाको सराचा ए अली खान क्षेत्रमा एकै परिवारको काकाको घरमा तीन दाजुभाइबीच मङ्गलबार अबेर राति भएको गोलीकाण्डमा परी काका स्वयम्, उनको श्रीमती र चार जना बालबालिकाको मृत्यु प्रान्तीय गभर्नरद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यस घटनाको विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन र अनुसन्धान जारी रहेको पनि सो विज्ञप्तिमा बताइएको छ । (रासस/सिन्ह्वा)

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com